काठमाडौं । भीषण बमबारी भइरहेको भए पनि युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनले जनाएको छ।
उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्।
अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ।
दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन्।
क्षेप्यास्त्र खस्यो
युक्रेनको राजधानी किएभमा पार्क छेउमा हिँड्दै गरेका एक जना मानिसको अगाडि क्षेप्यास्त्र प्रहार भएको भिडिओ अनलाइनहरूमा पोस्ट भएको छ।
रुसी फौजले धेरै युक्रेनी सहरहरूमा बमबारी जारी राखेको छ।
राजधानी किएभको आवासीय क्षेत्रमा सोमवार भएको बमबारीमा एक जनाको मृत्यु भएको थियो।
अनलाइनहरूमा देखिएको किएभको सडकमा भएको क्षेप्यास्त्र प्रहारको भिडिओको आधिकारिकता बीबीसीले पुष्टि गरेको छ।
सर्वसाधारणले शहर छाडे
रुसी सेनाको घेराबन्दी भएका सहरमा फसेका सर्वसाधारणहरूको सुरक्षित रूपमा उद्धार गर्ने कैयौँ असफल प्रयास पश्चात् रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोलबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई गाडीमा राखेर अन्यत्र लाने कार्य सुरु भएको छ।
एक सय ६० भन्दा बढी गाडीहरू उत्तर पश्चिम तर्फ जापोरिज्या जाने क्रममा छन्।
तर ती गाडीहरू रुसी सेनाको नियन्त्रणमा रहेका क्षेत्र अनि रात्रिकालीन कर्फ्युबाट प्रभावित भएको बताइएको छ।
मारिओपोलका उप मेयरले रुसी आक्रमणका कारण भाग्न तत्पर सर्वसाधारणले आफ्नै प्रयासमा उक्त सहर छोडेको बताएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले अझै पनि मारिओपोलमा सहायताका लागि अनुमति दिएको छैन। तर रुसले भने त्यसको विपरीत दाबी पेस गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: