Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कञ्चनपुरका विद्यालयमा गणित पार्क

खबरडबली संवाददाता

कञ्चनपुर । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारण अघि सारेको छ ।

यहाँका पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको छ । गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन् । यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन् ।

आकर्षक रङ लगाएर पार्कमा ज्यामितीय गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्नसक्ने तरिकाबाट राखिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिए । 

विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहजरूपमा बुझ्ने भएकाले पार्क निर्माण गरी गुणस्तरीय शिक्षका लागि कार्य अगाडि बढाइएको उताए। 

“विद्यालयमा बिहानीको प्रार्थनापश्चात् कक्षाकोठामा प्रवेश गर्नुअघि अनिवार्यरूपमा विद्यार्थीलाई पार्कको अवलोकन गर्न लगाउने व्यवस्था विद्यालयले मिलाएका छन् । पार्कमै गणित विषयका शिक्षकले विद्यार्थीलाई सिकाउँदछन्”, उनले भने, “गणितलाई जटिल विषयका रूपमा हेर्ने गरिएकाले जटिलता हटाउनका लागि यस कार्यले सघाउ पु¥याउने विश्वास लिएका छौँ ।”

विद्यार्थीले पार्कमा निर्माण गरिएका गणित विषयवस्तुका रूपमा रहेका रेखा, कोण र तिनबाट निर्मित आकृतिको अध्ययन गर्न सक्छन् । वृत्त, चतुर्भुज र त्रिभुजलगायतका ज्यामितीय आकार र  घन, वेलना र गोलाजस्ता केही जटिल आकार जुन  ज्यामितीय गणितमा अध्ययन गरिन्छ । 

ज्यामितीय गणितको अध्ययनका कार्यलाई सरलीकृत गर्नका लागि गणित पार्कमा आकृतिहरू निर्माण गरिएको जनाइएको छ । अङ्कगणित, बीजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरीकन एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारणाअनुसार पार्कमै ती गणितका सूत्र र चित्रसमेत आकर्षक ढङ्गले राखिएको उनले जानकारी दिए। 

पार्क निर्माण ती दुवै विद्यालयलाई रु एक लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको छ । गाउँपालिका क्षेत्रभित्रका अन्य आधारभूत विद्यालयमा समेत यसैगरी गणित पार्क निर्माण गर्दै लैजाने योजना अघि सारिएको छ ।

“गणित पार्कसँगै वनस्पति विज्ञानका लागिसमेत विद्यालयमै पार्क निर्माण गर्ने योजना अघि सारेका छौँं”, शाखा प्रमुख भट्टले भने, “फूल फुल्ने–नफुल्ने विभिन्न प्रजातिका बिरुवा विद्यालय परिसरमै रोपेर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि कार्य अगाडि बढाउने योजना छ ।” 

विद्यार्थीलाई पार्कमा घुमेर मनोरञ्जनसँगै सहजरूपमा सिक्छन् । यस कार्यले वातावरण संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । गणित पार्कका पोलमा जनावरका तस्वीरसँगै नेपाली, अङ्ग्रेजी र वैज्ञानिक नामको जानकारीसमेत राख्ने कार्य गरिएको छ । दुवै विद्यालयका पार्कको लम्बाइ ९७ फिट र चौडाइ २५ फिट रहेको छ ।

“गणित पार्क नेपालमै नौलो अवधारणा हो”, उनले भने, “भारतलगायतका अन्य देशमा विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरेको भए पनि नेपालका लागि भने यो नौलो अभ्यासका रूपमा प्रयोग भइरहेको छ, गणितलाई निकै अप्ठ्यारो विषयका रूपमा चित्रित गर्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिजना हुने गरेको छ ।”

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले भने, “विद्यार्थीमा गणित त्रास फैलाउने कार्य अभिभावकदेखि शिक्षकसम्मले गर्दै आएका छन् । यसलाई दैनिक क्रियाकलापसँग जोडेर हेर्नुपर्दछ । यसै आधारमा शिक्षकले शिक्षण गर्नु पर्दछ । शिक्षणकार्यलाई सरलीकृत गरी विद्यार्थीलाई सहजरूपमा गणित अवधारणा बुझाउनका लागि पार्क निर्माणमा जोड दिएका छौँ ।”   

विद्यार्थी, शिक्षक र अभिभावकको प्रतिक्रियापछि पार्कमा राखिएका वस्तु थपघट तथा सुधार गर्ने कार्यसमेत हुने उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending