Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

विश्व उपभोक्ता अधिकार दिवस : ढक–तराजुबाटै ठगिन्छन् उपभोक्ता

खबरडबली संवाददाता

काठमाडौं ।  आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस ।  ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । 

सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता सम्बन्धी कानुन जारी गरेका हुन् । हामीले बजारबाट खरिद गर्ने सामान जोख्ने ढक–तराजुले सही मापन गर्‍यो कि गरेन भनेर कहिल्यै पनि सोचेका हुदैनौँ । पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको छ । 

नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । हिमाली जिल्ला म्याग्दीमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु पनि अवैधरूपमा प्रयोग भइरहेका छन् । गुणस्तर तथा नापतौल डिभिजन कार्यालयको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ । 

यसबाट व्यापारी मोटाइ रहेका छन् भने उपभोक्ता दिनहुँ ठगिरहेका छन् । त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन् । व्यवसायीले सामान तौलने प्रयोजनका लागि खरिद गरेका ढक–तराजु परीक्षणबिना प्रयोग गर्न बन्देज छ । तर, उपत्यकामा ५० प्रतिशतभन्दा बढी व्यवसायीले परीक्षण नगराएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । परीक्षण नगरिएका ढक–तराजुबाट उपभोक्ता ठगिने सम्भावना रहने उपभोक्ता मञ्च म्याग्दीले जनाएको छ । 

त्यस्तै उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेको सचेत उपभोक्ताको गुनासो छ । अर्थशास्त्र विषयका प्राध्यापक तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भए पनि उपभोग्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको बताउनुभयो । 
  
अधिकारकर्मीका अनुसार व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । एक किलोको ढकमा एक हजार ग्राम हुन्छ तर ९०० ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ । त्यसैगरी एउटै सामानको मूल्य प्रत्येक पसलमा अलग अलग तिर्नुपर्दा उपभोक्ता अन्योलमा पर्ने गरेका छन् । आइतबार बगरफाँटको एक पसलबाट रु ९० मा एक किलो चिनी किनेका उपभोक्ता तेजप्रसाद पौडेलले गाउँको पसलबाट रु ९५ मा किनेको बताउनुभयो । उपभोक्ता अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको छ । तरपनि व्यवहारमा भने उपभोक्ता सधैँ ठगिरहनुपरेको सरोकारवालाको बुझाइ छ । 

उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा नै उल्लेख गरिएको भए पनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिएको म्याग्दीका उपभोक्ता श्याम सापकोटाले बताउनुभयो । व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । इलेक्ट्रोनिक्स तराजुमा सामान राखेपछि कति तौल भयो भनेर माथिपट्टि राखिएको इन्डिकेटरमा रातो अक्षरले देखाउँछ । तराजुको सामान राख्न बनाइएको समतल भागमा जति तौलको सामान राख्यो, इन्डिकेटरले त्यति नै तौल देखाउनुपर्ने हो । तर, व्यवसायीले क्यालिब्रेसन परीक्षण गराउँदै २० देखि ५० ग्रामसम्म बढी बनाउने गरेका छन् । यसो गर्दा यदि क्यालिब्रेसनमा ५० ग्राम बढी बनाइएको छ भने ४५० ग्राम बराबरको वस्तु राख्दा सो तराजुले पाँच सय ग्राम ९आधा किलो० परिमाण देखाउँछ ।

त्यसैगरी ठेला वा साइकलमा फलफूल बिक्री गर्ने धेरै व्यापारीले दुईतिर पल्ला भएको काँटावाला तराजु प्रयोग गर्छन् । तराजुको दुईतिर रहेको पल्लाको तौल बराबर हुनुपर्छ । तर, व्यापारीले एउटा गह्रौँ र अर्को तुलनात्मक रूपमा हलुका पल्ला प्रयोग गर्छन् । हलुका पल्लामा ढक र गह्रौँ पल्लामा फलफूल राख्छन् । गह्रौँ पल्लामा थोरै फलफूल राख्दा पनि धेरै हुन्छ र उपभोक्ता ठगिने अधिकारकर्मीले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending