मोरङ । दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्न माग गरिएको छ ।
प्रदेश नं १ स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा मङ्गलबार यहाँ आयोजित दूर चिकित्सा सेवाको नीति बैठकमा सहभागीले चिकित्सकलाई थप प्रोत्साहन भत्ता, दूर चिकित्सा केन्द्रलगायत प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रमा सूचना प्रविधि जनशक्ति भएमा मात्र सेवा प्रभावकारी बताए।
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई उपलब्ध गराउन दूर चिकित्सा प्रभावकारी हुने बताए।
उनले आगामी असार मसान्त अगाडि सेवा सञ्चालन गरी जिल्ला अस्पतालहरूलाई जोड्न आग्रह गर्दै सरकारी अस्पतालबीच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्यमन्त्री जयराम यादवले सिंहदरबारको अधिकार घरघरमा भन्ने अनुभूति दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गरेमा अनुभूति हुने विचार व्यक्त गरे । उनले स्वास्थ्य सेवालाई सवल बनाएमा सङ्घीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने धारणा राखे ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, स्वास्थ्य मन्त्रालयका सचिव अनुज भट्टचन, स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा मिङमार ग्याल्जेन शेर्पा र निर्देशनालयका प्रमुख ज्ञानेन्द्रबहादुर वस्नेतलगायतले दूर चिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताए ।
कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल, कोसी अस्पताल, प्रदेश प्रयोगशाला, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक, सूचना प्रविधिविज्ञको सहभागिता थियोे । बैठकमा सङ्घीय सरकारबाट दूर चिकित्सा सेवा सञ्चालनका लागि हाललाई रु ५० लाख बजेट आएको जानकारी दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: