Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

काभ्रेमा ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ लिएर नेताहरु गाउँगाउँमा

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ । आसन्न निर्वाचनलक्षित यस अभियानअन्तर्गत यहाँका  १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाएको जनाइएको छ ।

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ । सबै क्षेत्रमा एकैसाथ अभियान सञ्चालन गरिएको उपसभापति रमेशप्रसाद हुमागाईँले बताए। 

उनका अनुसार जिल्ला, सबै क्षेत्र तथा स्थानीय तहको पार्टी समितिका पदाधिकारी तथा सदस्य वडास्तरमा गई कांग्रेसबाट स्थानीयवासीले चाहेको विषय, अप्ठ्यारा र वर्तमान स्थानीय तहको नेतृत्वले गरेको गतिविधिमा उनीहरुको धारणाका बारे घरघरमा गएर जानकारी लिने तथा कांग्रेसका उम्मेदवारलाई मत हाल्न प्रेरित गरिनेछ । 

“अभियानमा एमसिसीबारे भ्रम चिर्ने गतिविधि पनि गरिन्छ”, उनले भने। 

अभियानको आइतबार कांग्रेस  प्रवक्ता डा प्रकाशसरण महतले बनेपामा एक कार्यक्रमकाबीच शुभारम्भ गरेका थिए। अभियानअन्तर्गत शुभेच्छुक संस्था गठन तथा बस्ती र क्षेत्रको केन्द्र हुने गरी सरोकारवालासँग अन्तक्र्रिया र छलफल कार्यक्रमसमेत गरिने जनाइएको छ । 

साथै अभियानमा जनजागरण कार्यक्रम सञ्चालन तथा सङ्गठनलाई जनस्तरसम्म पु¥याउने विशेष लक्ष्य रहेको बताइन्छ । अभियानका लागि पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य उर्मिला केसीलाई काभ्रे खटाएको छ ।

पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउन यसअघि फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ–शुभेच्छुक समिति गठन गरेको थियो । 

गत फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको जनाइएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् । 

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । जिल्लामा पार्टीका करिब २० हजार क्रियाशील सदस्य छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending