यमन । खाना पकाउने ग्यासको अभाव यमनका विभिन्न क्षेत्रहरूमा गम्भीर समस्याका रूपमा देखिएको छ ।
युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ । बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्याँसको अभावका कारण लामो लाइन देखिने गरेको छ । ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द भएका छन् ।
अधिकारीहरूले सिन्ह्वासँग ग्यासको अभाव निरन्तर फैलिरहेको र अन्तरराष्ट्रिय तवरमा मान्यता प्राप्त यमन सरकारको नियन्त्रणमा रहेका नयाँ क्षेत्रहरू समावेश भएको बताएका छन् ।
यमनको अस्थायी राजधानी एडेनको दक्षिणी बन्दरगाह शहरमा धेरै मानिसहरू आफ्नो खाना पकाउने ग्याँस सिलिन्डर भर्न दैनिक इन्धन पम्पहरूमा पर्खिरहेका देखिन्छन् । एडेनमा बसोबास गर्ने अहमद जलालले सिन्ह्वासँग भने, “हरेक पटक, मैले खाना पकाउने ग्याँस सिलिन्डर नभरेसम्म लाइनमा उभिएर धेरै घण्टा बिताउँथे र ग्यास मलाई चाहिने भन्दा धेरै कम पाएको छु ।”
जलालले दुःखेसो पोख्दै भने, “मेरो परिवारलाई पूरै महिनाभरि खाना पकाउन कम्तीमा पनि चारवटा ग्यास सिलिन्डर चाहिन्छ । खाना पकाउने ग्यासअभावका कारण कोटा सीमित छ ।”
रूस–यूक्रेनबीच चलिरहेको युद्धको कारण स्थानीय बजारको उच्च माग पूरा गर्न ग्यासको उत्पादन पर्याप्त छैन, एडेनको स्थानीय प्राधिकरणका एक अधिकारीले आफ्नो परिचय नदिने शर्तमा सिन्ह्वासँग भने ।
उहाँले थप्नुभयो, “केही प्रान्तहरूले खाना पकाउने ग्यासको आपूर्ति कम मात्रामा आउँदा ग्यासको अभावमा थप समस्या भएको छ ।”
हुथी सैनिकको नियन्त्रणमा रहेका अन्य प्रान्तमा इन्धन र खाना पकाउने ग्यासको अभावले स्थानीय जनताको जीवनस्तरमा भयावह असर परेको छ र यसले यस क्षेत्रमा अर्को नयाँ सङ्कट सिर्जना गरेको छ ।
जारी इन्धनको अभाव झन् झनै बढ्दै गएपछि यमनको राजधानी सानामा सयौं गाडीहरूले इन्धन भर्न लामो लाइन लागेर पर्खिरहेका दृष्यहरू सामाजिक सञ्जालमा देखिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: