Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यक : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । 

अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा आजदेखि यहाँ सुरु भएको दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहससम्बन्धी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, “पर्वतहरु भनेका संसारको झण्डै आधा जनसङ्ख्याका लागि स्वच्छ पानीको स्रोत मात्र नभएर विश्वका समग्र जैविक विविधताको घर पनि हुन् भन्ने कुरा हामी मानवले मनन् गर्नुपर्छ ।”  
  
प्रधानमन्त्री देउवाले अहिले पर्वतीय क्षेत्रका मुलुकहरुले ठूला समस्याहरुको सामना गर्नु परिरहेको छ र यस्ता समस्याहरु प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनले पारेको असरका कारण उत्पन्न भएको उल्लेख गरे। पर्वतहरु भनेका प्राकृतिक स्रोत तथा पर्यावरणीय सन्तुलनका स्रोतहरु हुन् भन्दै प्रधानमन्त्री देउवाले भने, “मानवीय जीवनको विकास तथा जीविकाका लागि पनि पर्वत र यसबाट प्राप्त हुने प्राकृतिक स्रोतहरुको ठूलो सहयोग रहेको छ, त्यसैले पर्वतीय क्षेत्रको विकास र संरक्षणका लागि सबै मानिस लाग्नुपर्छ ।”

पछिल्लो समयमा कैयौँ अध्ययनहरुले विश्वमा हाल बढ्दो जलवायु परिवर्तनका कारण देखिएको विश्वव्यापी उष्णताको तुलनामा पहाड पर्वतहरु बढी मात्रामा मारमा परेका देखाएको उहाँले उल्लेख गरे। प्रधानमन्त्री देउवाले अहिलेका मानिस र पहाड पर्वतहरु एकै खालका समस्याहरुबाट गुज्रिएका छन् भन्दै यसका प्रमुख चुनौतीहरुमा गरिबी, खाद्य असुरक्षा, वातावरणीय विनाश, प्राकृतिक प्रकोपको जोखिम नै अहिलेका प्रमुख समस्या रहेको बताए ।

हिउँ पग्लिने, हिमनदी पग्लिने, बढ्दो खडेरी, अस्वभाविक वर्षा, बाढी र पहिरो आदिका कारण पहाड पर्वतलाई बढी मात्रामा प्रभाव पारेको भन्दै प्रधानमन्त्री देउवाले मानवीय जीवन र पर्यावरणीय सन्तुलनमा पहाड र पर्वतको महत्वका बारेमा विश्वव्यापी रुपमा नै चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

नेपालले धेरै अघिदेखि नै दिगो पर्वतीय विकासको एजेण्डालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री देउवाले स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप २६० मा पनि नेपालले यस विषयलाई निकै प्राथमिकताका साथ अघि सारेको दृष्टान्त पेश गरे । उनले भन, “नेपाल सरकारले पर्वतीय क्षेत्रको महत्व र आवश्यकताका विषयमा आवश्यक नीति निर्माणका लागि काम गरिरहेको छ ।” 

प्रधानमन्त्री देउवाले यो एजेण्डालाई विश्वव्यापी बनाउनका लागि नेपालले विश्वका पर्वतीय मुलुकहरुसँगको साथ सहयोग र समन्वय खोजेको पनि बताए । उनले भने, “विश्वका पर्वतीय मुलुकहरुको यो साझा चासो सम्बोधन गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले यो एजेण्डालाई प्राथमिकताका साथ उठाइरहने छ ।” यस वर्ष पर्वतीय क्षेत्रका स्रोतहरुको दिगो प्रयोग तथा पर्वतको महत्व र संरक्षणका विषयमा सचेतना जागृत गर्ने काम गरिने विषयमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीले धारणा राखे।

नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय नियोगहरू, संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, विश्व वन्यजन्तु कोष, अन्तर्राष्ट्रिय संरक्षण सङ्घ, विकास साझेदार, गैरसरकारी सङ्घ संस्थालगायतको सहकार्यमा भोलिसम्म सञ्चालन हुने सम्मेलनमा प्रत्यक्ष र जुम प्रविधिमार्फत विश्वका १२ देशका झण्डै डेढ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending