Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यक : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । 

अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा आजदेखि यहाँ सुरु भएको दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहससम्बन्धी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, “पर्वतहरु भनेका संसारको झण्डै आधा जनसङ्ख्याका लागि स्वच्छ पानीको स्रोत मात्र नभएर विश्वका समग्र जैविक विविधताको घर पनि हुन् भन्ने कुरा हामी मानवले मनन् गर्नुपर्छ ।”  
  
प्रधानमन्त्री देउवाले अहिले पर्वतीय क्षेत्रका मुलुकहरुले ठूला समस्याहरुको सामना गर्नु परिरहेको छ र यस्ता समस्याहरु प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनले पारेको असरका कारण उत्पन्न भएको उल्लेख गरे। पर्वतहरु भनेका प्राकृतिक स्रोत तथा पर्यावरणीय सन्तुलनका स्रोतहरु हुन् भन्दै प्रधानमन्त्री देउवाले भने, “मानवीय जीवनको विकास तथा जीविकाका लागि पनि पर्वत र यसबाट प्राप्त हुने प्राकृतिक स्रोतहरुको ठूलो सहयोग रहेको छ, त्यसैले पर्वतीय क्षेत्रको विकास र संरक्षणका लागि सबै मानिस लाग्नुपर्छ ।”

पछिल्लो समयमा कैयौँ अध्ययनहरुले विश्वमा हाल बढ्दो जलवायु परिवर्तनका कारण देखिएको विश्वव्यापी उष्णताको तुलनामा पहाड पर्वतहरु बढी मात्रामा मारमा परेका देखाएको उहाँले उल्लेख गरे। प्रधानमन्त्री देउवाले अहिलेका मानिस र पहाड पर्वतहरु एकै खालका समस्याहरुबाट गुज्रिएका छन् भन्दै यसका प्रमुख चुनौतीहरुमा गरिबी, खाद्य असुरक्षा, वातावरणीय विनाश, प्राकृतिक प्रकोपको जोखिम नै अहिलेका प्रमुख समस्या रहेको बताए ।

हिउँ पग्लिने, हिमनदी पग्लिने, बढ्दो खडेरी, अस्वभाविक वर्षा, बाढी र पहिरो आदिका कारण पहाड पर्वतलाई बढी मात्रामा प्रभाव पारेको भन्दै प्रधानमन्त्री देउवाले मानवीय जीवन र पर्यावरणीय सन्तुलनमा पहाड र पर्वतको महत्वका बारेमा विश्वव्यापी रुपमा नै चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

नेपालले धेरै अघिदेखि नै दिगो पर्वतीय विकासको एजेण्डालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री देउवाले स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप २६० मा पनि नेपालले यस विषयलाई निकै प्राथमिकताका साथ अघि सारेको दृष्टान्त पेश गरे । उनले भन, “नेपाल सरकारले पर्वतीय क्षेत्रको महत्व र आवश्यकताका विषयमा आवश्यक नीति निर्माणका लागि काम गरिरहेको छ ।” 

प्रधानमन्त्री देउवाले यो एजेण्डालाई विश्वव्यापी बनाउनका लागि नेपालले विश्वका पर्वतीय मुलुकहरुसँगको साथ सहयोग र समन्वय खोजेको पनि बताए । उनले भने, “विश्वका पर्वतीय मुलुकहरुको यो साझा चासो सम्बोधन गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले यो एजेण्डालाई प्राथमिकताका साथ उठाइरहने छ ।” यस वर्ष पर्वतीय क्षेत्रका स्रोतहरुको दिगो प्रयोग तथा पर्वतको महत्व र संरक्षणका विषयमा सचेतना जागृत गर्ने काम गरिने विषयमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीले धारणा राखे।

नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय नियोगहरू, संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, विश्व वन्यजन्तु कोष, अन्तर्राष्ट्रिय संरक्षण सङ्घ, विकास साझेदार, गैरसरकारी सङ्घ संस्थालगायतको सहकार्यमा भोलिसम्म सञ्चालन हुने सम्मेलनमा प्रत्यक्ष र जुम प्रविधिमार्फत विश्वका १२ देशका झण्डै डेढ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending