Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

आर्थिक र सामाजिक समृद्धि ल्याउन लागौँ : मन्त्री भुसाल

खबरडबली संवाददाता

काभ्रपेलाञ्चोक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा राजनीतिक परिवर्तन आइसकेको हुनाले अब आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक रहेको बताएकि छन् । 

नेकपा ९माओवादी केन्द्र० महाभारत–उपत्यका सम्र्पक समन्वय समितिले काभ्रपेलाञ्चोकको बनेपामा आज आयोजना गरेको वैचारिक–राजनीतिक प्रशिक्षणमा मन्त्री भुसालले आफ्नो ठाउँमा भएका साधन स्रोतको भरपुर प्रयोग गर्न अबको चुनावी एजेण्डा बन्नुपर्ने बताइन् ।

नेकपा ९माओवादी केन्द्र०ले गरेको जनयुद्धको जगमा भएको जनआन्दोलनको नयाँ ढङ्गको क्रान्तिबाट संविधान लिपिबद्ध गरिसेकको र सिंहदरबारको अधिकारलाई जनताको घर आँगनमा पुर्‍याएका कारण त्यहीँबाट सबैखाले अधिकार प्राप्त गरिसकेको अवस्थामा बाँकी अधिकार अब आउने निर्वाचनबाट थप उपलब्ध गराउने उनले बताइन्। “संविधानको कार्यान्वयन हुँदा जनताले घर आँगनबाट नै धेरै अधिकार उपयोग गर्न पाएको छ”, उनले भनिन्, “तर एजेण्डा एउटाको, नेतृत्व अरुको भएको कारण अझै धेरै समस्या छन् ।” ती समस्याको समाधान गर्नका लागि अब आउने निर्वाचनबाट चुनेका जनप्रतिनिधिले पूरा गर्ने भएकाले उहाँहरुको विशेष भूमिका हुने मन्त्री भुसालले बताइन् ।

उनले समाजमा वर्ग रहेसम्म वर्ग सङ्घर्ष भए पनि विगतको जस्तो जनयुद्ध नहुने बताइन् । उनले अबको निर्वाचनमा परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने व्यवस्थाको रक्षा गर्दै आर्थिक तथा सामाजिक जीवनमा रूपान्तरण ल्याउन जनताले अनुभूत गर्ने खालको विकास गर्ने कुरालाई मुख्य एजेण्डा बनाएर अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । 

सो क्रममा उनले जनताको विकासको आधारभूत आवश्यक्तता सडक, पानी र विद्युत् भएको उल्लेख गर्दै ती आधारभूत सर्तहरु महाभारत गाउँपालिकाका जनताले विस्तारै प्राप्त गरिरहेको बताइन् । त्यससँगै मन्त्री भुसालले डाँडापारिका कृषिमा विकासको फड्को मार्नका लागि योजना बनाएर अगाडि बढ्न सुझाव दिँदै कृषिको आधुनिकीकरण गरी टुक्रे जमीनबाट एकीकृत खेती प्रणालीतर्फ अघि बढ्न प्रविधिमा जोड दिन आवश्यक रहेको बताइन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending