Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

आर्थिक र सामाजिक समृद्धि ल्याउन लागौँ : मन्त्री भुसाल

खबरडबली संवाददाता

काभ्रपेलाञ्चोक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा राजनीतिक परिवर्तन आइसकेको हुनाले अब आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक रहेको बताएकि छन् । 

नेकपा ९माओवादी केन्द्र० महाभारत–उपत्यका सम्र्पक समन्वय समितिले काभ्रपेलाञ्चोकको बनेपामा आज आयोजना गरेको वैचारिक–राजनीतिक प्रशिक्षणमा मन्त्री भुसालले आफ्नो ठाउँमा भएका साधन स्रोतको भरपुर प्रयोग गर्न अबको चुनावी एजेण्डा बन्नुपर्ने बताइन् ।

नेकपा ९माओवादी केन्द्र०ले गरेको जनयुद्धको जगमा भएको जनआन्दोलनको नयाँ ढङ्गको क्रान्तिबाट संविधान लिपिबद्ध गरिसेकको र सिंहदरबारको अधिकारलाई जनताको घर आँगनमा पुर्‍याएका कारण त्यहीँबाट सबैखाले अधिकार प्राप्त गरिसकेको अवस्थामा बाँकी अधिकार अब आउने निर्वाचनबाट थप उपलब्ध गराउने उनले बताइन्। “संविधानको कार्यान्वयन हुँदा जनताले घर आँगनबाट नै धेरै अधिकार उपयोग गर्न पाएको छ”, उनले भनिन्, “तर एजेण्डा एउटाको, नेतृत्व अरुको भएको कारण अझै धेरै समस्या छन् ।” ती समस्याको समाधान गर्नका लागि अब आउने निर्वाचनबाट चुनेका जनप्रतिनिधिले पूरा गर्ने भएकाले उहाँहरुको विशेष भूमिका हुने मन्त्री भुसालले बताइन् ।

उनले समाजमा वर्ग रहेसम्म वर्ग सङ्घर्ष भए पनि विगतको जस्तो जनयुद्ध नहुने बताइन् । उनले अबको निर्वाचनमा परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने व्यवस्थाको रक्षा गर्दै आर्थिक तथा सामाजिक जीवनमा रूपान्तरण ल्याउन जनताले अनुभूत गर्ने खालको विकास गर्ने कुरालाई मुख्य एजेण्डा बनाएर अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । 

सो क्रममा उनले जनताको विकासको आधारभूत आवश्यक्तता सडक, पानी र विद्युत् भएको उल्लेख गर्दै ती आधारभूत सर्तहरु महाभारत गाउँपालिकाका जनताले विस्तारै प्राप्त गरिरहेको बताइन् । त्यससँगै मन्त्री भुसालले डाँडापारिका कृषिमा विकासको फड्को मार्नका लागि योजना बनाएर अगाडि बढ्न सुझाव दिँदै कृषिको आधुनिकीकरण गरी टुक्रे जमीनबाट एकीकृत खेती प्रणालीतर्फ अघि बढ्न प्रविधिमा जोड दिन आवश्यक रहेको बताइन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending