नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा १० प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ।
कार्यालयले निर्धारण गरेको २२ अर्ब ३७ करोड ४३ लाख ८३ हजार रुपियाँ लक्ष्यमध्ये १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रुपियाँ अर्थात् ८३.०५ प्रतिशत राजस्व असुली भएको हो।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आर्थिक वर्षको जेठसम्म १८ अर्ब २९ करोड १२ लाख १२ हजार रुपियाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रुपियाँ संकलन भएको छ।
चालु आर्थिक वर्षमा गत वर्षको सोही अवधिको तुलनामा २६ करोड ५० लाख रुपियाँ बढी राजस्व संकलन भएको उल्लेख गर्दै प्रमुख पौडेलले यस वर्ष राजस्व संकलनमा १० प्रतिशत वृद्धि भएको बताए।
उनका अनुसार कार्यालयको तथ्यांकले राजस्व संकलन, आयात, निर्यात तथा कुल व्यापार सबै क्षेत्रमा सकारात्मक संकेत दिएको छ।
लक्ष्य घटाइएको अवस्थामा पनि राजस्व असुलीमा वृद्धि हुनु कार्यालयका लागि सकारात्मक उपलब्धि मानिएको उहाँले बताए। तर कुल व्यापारमा आयातको हिस्सा अत्यधिक रहेकोले उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन तथा व्यापार सन्तुलनका लागि निर्यात बढाउन आवश्यक रहेको कार्यालयले जनाएको छ।
भन्सार कार्यालयको मासिक विवरणअनुसार चालु आर्थिक वर्षभरि राजस्व असुलीमा उतारचढाव देखिए पनि अधिकांश महिनामा ८० प्रतिशतभन्दा बढी लक्ष्य हासिल भएको छ।
विशेषगरी चैत महिनामा लक्ष्यको ९८.३७ प्रतिशत राजस्व संकलन गर्दै चालु आर्थिक वर्षकै उत्कृष्ट उपलब्धि हासिल भएको थियो। चैतमा २ अर्ब १७ करोड ८१ लाख ९६ हजार रुपियाँ लक्ष्य रहेकोमा २ अर्ब १४ करोड २६ लाख ४७ हजार रुपियाँ असुल भएको थियो।
त्यसअघि फागुनमा ८८.३९ प्रतिशत, असोजमा ८८.३२ प्रतिशत, माघमा ८८.३२ प्रतिशत, वैशाखमा ८५.४४ प्रतिशत, मंसिरमा ८३.४५ प्रतिशत, पुसमा ८३.२९ प्रतिशत र जेठमा ८०.५१ प्रतिशत राजस्व संकलन भएको थियो।
यी महिनाहरूमा लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व उठेपछि समग्र असुली सन्तोषजनक रहेको कार्यालयले जनाएको छ।
आर्थिक वर्षको सुरुआती महिनाहरूमा भने लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको थिएन। साउनमा ७४.१९ प्रतिशत, कात्तिकमा ७२.३१ प्रतिशत र भदौमा सबैभन्दा कम ६९.७७ प्रतिशत मात्र राजस्व संकलन भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...



प्रतिकृया लेख्नुहोस्: