Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

वीरगञ्ज नाकाको राजस्व संकलनमा उलेख्य सुधार

खबरडबली संवाददाता

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ । 

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व सङ्कलनमा सुधार आएको हो ।

गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले रु ३४ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि फागुनसम्ममा रु एक खर्ब चार अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३४ अर्ब पाँच करोड बढीअर्थात्  रु एक खर्ब ३८ अर्ब ९४ करोड राजस्व सङ्कलन गरेको छ । यो समीक्षा अवधीको तुलनामा ३२।४६ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने डिजेल, पेट्रोल, खाना पाउने एलपी ग्यासलगायतका इन्धन र जिप, कारलागयतका सवारी साधन आयात बढेसँगै कार्यालयको राजस्वमा उत्साहजनक वृद्धि देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । 

उनले समीक्षा अवधिको तुलनामा चालु आवमा सवारी साधान आयातबाट २१ प्रतिशत र इन्धनको आयातबाट ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताए । 

समीक्षा अवधिमा रु २२ अर्ब ८३ करोड मूल्यका विभिन्न सवारी साधन आयात हुँदा रु २५ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा रु २८ अर्ब १४ करोड मूल्यका सवारी साधन आयात हुँदा रु ३१ अर्ब तीन करोड  राजस्व सङ्कलन भएको गुप्ताले जानकारी दिए । 

त्यसै गत आवमा रु ७० अर्ब ८२ करोड मूल्यको इन्धन आयात हँुदा रु ३९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब ३४ अर्ब ४८ करोड मुूल्यको इन्धन आयात हुँदा रु ५४ अर्ब ३८ करोड  राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

बढ्दो ब्याजदर र सीमा क्षेत्रमा हुने विभिन्न वस्तुको अवैध ओसारपसारलाई सरकारले नियन्त्रण गरे वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा थप सुधार हुने उद्योगी  व्यवसायीको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending