धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।
विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ एपिएफका टेकराज अवस्थी भए ।
बिहीबार नै भएको अर्को क्वाटरफाइनल प्रतिस्पर्धामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ गण्डकी प्रदेशका हरि पाण्डेय घोषित भए ।
बिहीबारका दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र एपिएफका बीच तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशका बीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
यही चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्नेले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...
फाल्गुन २६ गते, २०८२ - ०७:१३
म्याग्दी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर...
फाल्गुन २५ गते, २०८२ - ०८:१०
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतलाई समेत अनुसन्धान गर्न सिफारिस।
फाल्गुन २५ गते, २०८२ - ०८:०२
काठमाडौं । पार्टीले ०४८ यताकै सर्मनाक हार व्यहोरेपछि एमाले पदाधिकारी तहकै नेताहरू अध्यक्ष केपी ओलीको नेतृत्व फेर्नुपर्ने पक्षमा खुल्न थालेका छन् । हार...
फाल्गुन २५ गते, २०८२ - ०७:५४
काठमाडौँ । इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।...
फाल्गुन २५ गते, २०८२ - ०७:४६
कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मत...
फाल्गुन २५ गते, २०८२ - ०७:४१
भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वि...
फाल्गुन २५ गते, २०८२ - ०७:३७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भए...
फाल्गुन २५ गते, २०८२ - ०७:३१
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअन...



प्रतिकृया लेख्नुहोस्: