Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

खबरडबली संवाददाता

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई–दुई तथा नेकपा (एमाले) ले एक क्षेत्रमा विजय हासिल गरेका छन् । रुपन्देही जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा डा लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका हुन् ।

त्यसैगरी पश्चिम नवलपरासी–१ मा पनि रास्वपाकै विक्रम खनाल तथा पश्चिम नवलपरासी–२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । कपिलवस्तु–१ मा रास्वपाकै मोहनलाल आचार्य र कपिलवस्तु–२ मा विक्रमसिंह थापा विजयी भएका छन् भने कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले विजय प्राप्त गरेका छन् ्।

दाङ–१ मा रास्वपाकै देवराज पाठक, दाङ–२ मा विपीनकुमार आचार्य र दाङ–३ मा कमल सुवेदी निर्वाचित हुँदा गुल्मी–१ मा पनि रास्वपाकै सागर ढकाल र गुल्मी–२ मा गोविन्द पन्थी विजयी भएका हुन् ।

रास्वपाकै उम्मेदवार बर्दिया–१ मा ठाकुरसिंह थारु तथा बर्दिया–२ मा श्रीधर पोखरेल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । रास्वपाकै तर्फबाट बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनार विजयी भएका छन् भने बाँके–२ मा नेकपा (एमाले) का मोहम्मद इश्तियाक राईले विजय प्राप्त गरेका छन् । त्यसैगरी रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पामा वर्षमान पुन निर्वाचित भएका छन् ।

प्युठानमा रास्वपाका सुशान्त बैदिक विजयी प्राप्त गरेका छन् । पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना तथा पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी भएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE