Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउछौँ : अध्यक्ष थापा

खबरडबली संवाददाता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन् ।
 
राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दूराष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए। पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी सुशासन र समृद्धिलाई मुख्य सिद्धान्त बनाएर अगाडि जाने उल्लेख गर्दै उहाँले पार्टीले सुशासन कायम गराउनका लागि पहल गर्ने बताए। 
 
निर्मल निवासको असहयोगका कारण नै राप्रपा नेपाल स्थापना भएको बताउँदै अध्यक्ष थापाले राप्रपा नेपालको उज्ज्वल भविष्य रहेको दाबी गरे। उनले देश र पार्टीको प्रतिकूल अवस्थामा राप्रपा नेपालको स्थापना भए पनि पार्टीभित्र केही गलत व्यक्ति प्रवेश गराउँदा समस्या आएको बताए। 
 
राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्यले राप्रपा नेपालले ३० दिनमा ७७ जिल्लामै सङ्गठन, ३२ दिनमै छ वटा भ्रातृ सङ्गठन विस्तार गरेको चर्चा गर्दै पार्टी अध्यक्ष थापाको नेतृत्वले सार्थकता पाउने दाबी गरे।
 
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरगोविन्द श्रेष्ठ, केन्द्रीय सदस्य रामसुन्दर विष्ट, राप्रपा नेपाल भक्तपुरका अध्यक्ष माधव खत्री, उपाध्यक्ष श्याम नेपाललगायतले राप्रपा नेपालप्रति जना आकर्षण बढिरहेको दाबी गरे ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

परीक्षा फारम विवादले मावि कुपहीमा तालाबन्दी

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...

एन्फाको एकतर्फी निर्णयविरुद्ध ए डिभिजन क्लबहरूको विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...

पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...

इनिशा विकको न्याय माग गर्दै आजपनि काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...

कालीकोटमा करेन्ट लागेर एकको मृत्यु

कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: