काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने माग गरेको छ।
नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको छ। यसबारे महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार, एकैपटक यति ठूलो मूल्यवृद्धि गर्दा यातायात व्यवसायी र आम उपभोक्तामाथि प्रत्यक्ष असर परेको छ।
महासंघका महासचिव डकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख छ।
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि, विगत २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघ असन्तुष्ट छ।
महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार मानेर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा संघीय रुटको हकमा यातायात व्यवस्था विभागबाट र प्रदेशस्तरीय रुटको हकमा सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयबाट यथाशीघ्र भाडा समायोजन गरिदिन सरकारको ध्यानाकर्षण गराइएको छ।
यातायात व्यवसायीहरूले नेपाल आयल निगमलाई केवल मूल्यवृद्धि गरेर मात्र समस्या समाधान नहुने भन्दै, निगमभित्रको आन्तरिक चुहावट रोक्न, पेट्रोलियम पदार्थको खपत नियन्त्रण गर्न र वैज्ञानिक विधि अपनाएर सहज आपूर्ति व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...
बैशाख ३ गते, २०८३ - १५:०८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...
बैशाख ३ गते, २०८३ - १४:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको सं...
बैशाख ३ गते, २०८३ - १४:३४
काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटे...
बैशाख ३ गते, २०८३ - १४:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। सिं...


प्रतिकृया लेख्नुहोस्: