काठमाडौं । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्तरूपमा श्रव्यदृश्यका माध्यमबाट रेल सवाको उद्घाटन गर्न लागेको मन्त्रालयले जनाएको छ । जनकपुरमा आयोजना हुने कार्यक्रममा भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको प्रमुख आथित्यता रहने रेल विभागका महानिर्देशक दीपकुमार भट्टराईले जानकारी दिए।
रेल सञ्चालनका लागि सरकारले यही चैत ८ गते अध्यादेशमार्फत आवश्यक कानूनी प्रबन्ध गरेको छ । विसं २०७५ मा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन । कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो ।
मन्त्रालयका अनुसार २०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन । सरकारले सबै करसहित रु एक अर्ब तीन करोड बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए ।
जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो । सरकारले रेलको भाडासमेत तय गरेको छ । सामान्य सिटमा यात्रा गर्नेलाई रु ७० र वातानुकूलित (एसी) सिटमा यात्रा गर्नेलाई रु ३०० बराबरको भाडा लाग्ने गरी दुई प्रकारको भाडा तय भएको छ । यस्तै रेल दुर्घटनमा परी कोही कसैको ज्यान गएको खण्डमा रु सात लाखसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ ।
गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो । सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: