Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्रको संस्थागत : राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् ।  उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुन:निर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिकरूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताइन् । ‘संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्दछ’ उनले भनिन् । 

भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताइन् । उनले भनिन्, “हरियाली प्रवर्धन गर्ने, पानीका मूल बचाउने एवं जैविक विविधताको रक्षा गर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्ता समेतका लागि सुरक्षित बनाउन सक्दछौँ ।” 

उनले स्थानीय तहका प्रतिनिधिका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आह्वान गरिन् । भण्डारीले जनप्रतिनिधिले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाइजस्ता आधारभूत सेवा सरल र सहज रूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकारको विषय बन्नुपर्ने बताइन् ।

उनले भूकम्पले भत्काएका सम्पदा अझ बलियो र स्थायी रूपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास अझ बलियो भएको दोहोर्याइन् । उनले भनिन्, “विश्व शान्तिका प्रवर्तक भगवान् बुद्धको नामबाट सुशोभित तथा सांस्कृतिक तथा पुरातात्विक सम्पदाले सम्पन्न नमोबुद्ध नगरमा पुनर्निर्मित ऐतिहासिक कालिका मन्दिरले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक गौरव कायम राखेकोमा खुसी भएको छु ।” 

भण्डारीले नगरले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयका बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरेको चर्चा गरिन् । “विश्व सम्पदा सूचीमा सामेल हुन आवश्यक पूर्वाधारको निर्माणमा तपाईंको प्रयास फलदायी हुने मैले अपेक्षा लिएको छु”, उनले भनिन् । उनले मन्दिर उद्घाटन पश्चात उक्त मन्दिरमा पुर्जा अर्चना गरेकी थिइन् ।

सो अवसरमा नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त उक्त मन्दिर पुरातत्व विभागको रु एक करोड ४० लाख, राष्ट्रिय पुन:निर्माण प्राधिकरणको रु ६० लाख तथा नमोबुद्ध नगरको रु चार लाख गरी रु दुई करोड चार लाखमा निर्माण सम्पन्न भएको जानकारी दिए ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending