Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

खबरडबली संवाददाता

खोटाङ। ठेकेदार कम्पनीको लापरबाहीका कारण खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन वर्षौंदेखि अलपत्र परेको छ।

ड्रागन–रियर जेभी र गाउँपालिकाबीच विसं २०७८ असार २५ गते अस्पताल भवन निर्माणका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार कम्पनीले २०७९ असार २८ भित्र निर्माण सम्पन्न गरी भवन गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो। तर निर्धारित समय गुज्रिएको वर्षौं बितिसक्दा पनि निर्माण कार्य ३३ प्रतिशत मात्र सम्पन्न भएको छ।

गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाका अनुसार करिब २० करोड ७१ लाख रुपैयाँ लागतको उक्त परियोजनामा हालसम्म ६ करोड ४९ लाख ६ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

समयमै काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पाँच पटकसम्म म्याद थप गरिए पनि उल्लेखनीय प्रगति हुन सकेको छैन।

गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक खेमबहादुर खड्काले पर्याप्त बजेट र निर्माणका लागि अनुकूल वातावरण हुँदाहुँदै पनि ठेकेदार कम्पनीले काममा बेवास्ता गरेको आरोप लगाए।

"ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरिरहेका छौँ। पछिल्लोपटक थपिएको म्यादमा पनि काम पूरा भएन," उनले भने। "पालिकाले उपलब्ध गराएको रकमसमेत कम्पनीले भुक्तानी लिन सकेको छैन। अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठकबाट निर्णय गर्ने तयारी भइरहेको छ।"

अस्पताल निर्माणका लागि स्थानीयवासीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। तर निर्माण अझै अधुरै रहँदा स्थानीयले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा पूरा हुन सकेको छैन।

यता ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिवर्तनमा लागेको समय, पर्याप्त बजेटको अभाव तथा फोक्सिङटारमा पुल नहुँदा निर्माण सामग्री ढुवानीमा आएको समस्याका कारण अस्पताल निर्माणमा ढिलाइ भएको दाबी गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending