काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २३.९५ अङ्कले ओरालो लागेर दुई हजार ५४४.३० मा ओर्लेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.६० अङ्कले ओरालो लागेर ४७५.४७ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २२८ कम्पनीको ३७ लाख ८७ हजाार ४५ कित्ता शेयर रु एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६८६ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको शेयर मूल्यमा मात्रै उकालो लागेको छ । व्यापार १७.२६ अङ्कले उकालो लाग्दा बैंकिङ ६.३६, होटल तथा पर्यटन ७९.४९, विकास बैंक १०३.८८, जलविद्युत् ५६.०३, वित्त ५७.५६, निर्जीवन बिमा ३७.३, उत्पादन २७.१२, अन्य २६.२६, लघुवित्त ४५.५५, जीवन बिमा १७६.२९, सामूहिक लगानी कोष ०.१ र लगानी ०.६६ अङ्कले ओरालो लागेको छ ।
बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाख ७२ हजार ७४५ बराबर भएको छ । कारोबारका आधारमा इमर्जिङ नेपाल लिमिटेड शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड २३ लाख ८४ हजार २४८ बराबर कारोबार भयो ।
यस्तै एभरेष्ट इन्स्योरेन्स रु आठ करोड ९५ लाख ७७ हजार ३६६, नागरिक लगानी कोष रु सात करोड १५ लाख ६० हजार ६३३, नवील बैंक रु ६ करोड ३० लाख २३ हजार ५५२ र युनियन लाइफ इन्स्योरेन्स रु चार करोड ८४ लाख १३ हजार १५० बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । युनाइटेड इदी मर्दी हाइड्रोपावर ७.९० र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५.०३ प्रतिशतले कमाए । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक ४.७९, युनाइटेड मर्दी हाइड्रोपावर ४.५३, युनियन हाइड्रोपावर ४.३९, कर्णाली डेभलपमेन्ट बैंक ४.३६ र सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: