Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

कर्णाली करिडोर भासियो, यातायात ठप्प

खबरडबली संवाददाता

कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर कर्णाली नदीतर्फ खसेपछि उक्त खण्डमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ।

वर्षाका कारण सडकको पर्खाल, ग्याबिन जाली तथा अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाडीहरू बिच बाटोमै अलपत्र परेका छन्। सडकको ठुलो भाग नदीतर्फ बग्दा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

स्थानीय प्रेम चौलागाईका अनुसार केही दिनदेखि परेको अविरल वर्षाले सडक कमजोर बनाएको थियो। मङ्गलबार रातिको वर्षापछि आएको बाढी र पहिरोका कारण सडकको महत्त्वपूर्ण भाग भत्किँदा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानी, बिरामी ओसारपसार तथा स्थानीय जनजीवन प्रभावित भएको छ। वर्षाका कारण ग्रामीण सडकसमेत पूर्ण रूपमा बन्द भएका छन्।

सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी मर्मत तथा पुनर्निर्माणको तयारी थालेको जनाएको छ। तर वर्षा जारी रहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन चुनौती रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार सडक खुलाउने कामका लागि स्काभेटर परिचालन गरिएको छ। धेरै ठाउँमा समस्या भएकाले समय तोक्न नसकिने भए पनि मर्मत कार्य जारी रहेको उनले बताए।

स्थानीयवासीले कर्णाली करिडोरजस्तो रणनीतिक महत्वको सडकमा बारम्बार हुने पहिरो र कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन्। दुई देश जोड्ने यो सडकको मर्मत–सम्भारमा सरकार बारम्बार चुक्ने गरेको उनीहरूको आरोप छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीलाई रास्वपाको सदस्य बनाइएको फेक पोस्टरबारे एमाले सांसदको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार  राजस्व दाखिला भएको छ ...

इभी आयात प्रकरणमा संसदीय छानबिन समिति आवश्यक - राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...

आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...

नेपालमा नयाँ प्रकारका ड्रग्सको प्रयोग बढ्दो: १९–४५ उमेर समूह जोखिममा

काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...

कर्णाली करिडोर भासियो, यातायात ठप्प

कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...

रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद

गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. भण्डारी नियुक्त

लेखनाथ। गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएको छन्। विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले डा. भण्डारीलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending