Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

रासस
बागलुङ । आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ । 
 
बागलुङका विभिन्न राजनीतिक दलमा आबद्ध महिलाले संविधानमा भएको व्यवस्थानुसार मुख्य पदमा फरक लिङ्ग अनिवार्य गर्नका लागि आफ्नै पार्टीमा दबाब सिर्जना गर्न एकजुट भएर आवाज उठाएका छन् । 
उनीहरुले आफूहरु जुनजुन पार्टीमा भए पनि बागलुङका १० स्थानीय तहका प्रमुखसहित ८५ वटै वडामा महिला नेतृत्व स्थापित गर्नका लागि एकताबद्ध भएर दबाब दिने अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुशुम बुढाले जानकारी दिए ।  
 
“अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलमा रहेका महिलाले एकजुट भएर उम्मेदवारमा महिला अगाडि बढ्न दबाब दिइरहेका छौँ”, बुढाले भने, “विसं २०७४ को निर्वाचनमा गठबन्धनका नाममा संविधानमा भएको व्यवस्थासमेत कार्यान्वयन नभएर महिला अन्यायमा परेको देखियो ।” 
 
पालिका प्रमुख तथा अध्यक्षमा अथवा उपप्रमुख तथा उपाध्यक्षमा एक जना महिला अनिवार्य संविधानले गरेको भए पनि गठबन्धनका नाममा महिलालाई स्थान नदिइएको र त्यसैले सबै पार्टीका महिला मिलेर दबाब सिर्जनासमेत गरिरहेको उनको भनाइ छ ।
 
बुढाले अन्तरपार्टी महिला सञ्चालले महिला नेतृत्वका लागि सबै दललाई दबाब दिइरहेको बताए । बागलुङमा बाम वा लोकतान्त्रिक जुन गठबन्धन भए पनि प्रमुख र उपप्रमुखमा फरक लिङ्ग अनिवार्य गर्नुपर्ने अन्तरपार्टी महिला सञ्जालकी सल्लाहकार सकुन्तला शर्माले जानकारी दिए ।
 
आफूहरु अन्तरपार्टी महिला सञ्जालका माध्यमबाट साझा धारण बनाउँदै अगाडि बढेको भन्दै उनीहरुले आगामी निर्वाचनमा जबरजस्तरुपमा महिला नेतृत्व स्थापित गरेरै छाड्ने नेकपा एमाले प्रदेश सचिवालय सदस्य ममतादेवी शर्माले बताए । 
 
पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको भए पनि सधैँ पुरुष उम्मेदवारका लागि मत माग्ने र मत राख्ने काममा मात्र महिला परिचालन भन्दै अब मनस्थिति बदलेर परिस्थितिको सामना गर्न आफूहरु तयार रहेको महिला नेतृहरुको भनाइ छ । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending