Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बागलुङमा स्थानिय निर्वाचनमा गठबन्धन गर्ने पाँच दलको निर्णय

खबरडबली संवाददाता

बागलुङ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको  आज आयोजित  पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताए ।आज सम्पन्न पाँच दलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दस जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताए ।

कांग्रेसको घरदैलो र एमाले तथा माओवादीको कोणसभा

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बागलुङका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । जिल्लामा सत्तारूढ दल नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई अघि बढाएको छ । 

यस्तै नेकपा एमाले तथा माओवादी केन्द्रले गाउँमा आमभेला तथा कोणसभामा गर्न थालेका छन् । कांग्रेसले अहिले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएको पार्टीका जिल्ला सभापति जीत शेरचनले बताउ। उसभापतिले घरदैलो कार्यक्रम सकेपछि उम्मेदवारी छनोटमा लाग्ने उनको भनाइ थियो । ‘घर घर जाऔँ कांग्रेसलाई जिताऔँ’ भन्ने हाम्रो नाराअनुसार घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सभापति शेरचनले भने, “उम्मेदवारी सिफरिसमा छलफल भइरहेको छ, अब लगत्तै दोस्रो चरणमा गाउँमा केन्द्रित अभियान सञ्चालनको तयारीमा छौँ, अब कांग्रेस आमसभामा केन्द्रित हुनेछ ।” 

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन कार्यक्रमलाई गति दिन जनतासँग भेटघाट सकेर कोणसभा गर्ने तयारीमा लागेको छ । उक्त दलले टोल–टोलसम्म पहिलो चरणको निर्वाचन केन्द्रित अभियान सकेको जिल्लाका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले बताए । पहिलो चरणको घरदैलो, कोणसभा तथा जनभेटघाट सकिएको छ, दोस्रो चरणमा चुनाव केन्द्रित अभियानका विषयमा पुन: जिल्ला कमिटी बैठक बस्ने तयारी छ, बैठकको निर्णयपछि पुन: एमाले गाउँ फर्कनेछ । उहाँका अनुसार केन्द्रीय कमिटी जिल्लामा, प्रदेश कमिटी पालिकामा र जिल्ला कमिटी वडामा केन्द्रित हुनेगरी मापदण्ड बनाएर अगाडि बढ्ने एमालेको रणनीति रहेको छ । 

माओवादीले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ । उक्त दलले कोणसभा गर्दै अगाडि बढेको नगर कमिटी सचिव राजु खड्काले बताए । यस्तै बागलुङमा राम्रो प्रभाव रहेको राष्ट्रिय जनमोर्चाले पनि  चुनावी अभियानलाई तीव्र गति दिएको छ । बागलुङमा ठूला र साना गरी १९ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending