काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पिएसबी’मा रुपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सरकार प्रवक्ता कार्कीले रेडियो नेपाललाई पिएसबीमा रुपान्तणका लागि कानुनी तथा संसदीय प्रक्रियाले छिट्टै निकास पाउने विश्वास व्यक्त गरे ।
उनले भने, “यसलाई सार्वजनिक प्रसारण संस्थाका रुपमा लैजान कानुनी प्रक्रिया अगाडि बढिसकेको छ, आगामी दिन रेडियो नेपाललाई प्रभावकारी रुपमा अगाडि बढ्न आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार छ ।” महाभूकम्प र कोरोना महामारीको समयमा वा देशमा हुने विभिन्न विपत्ति तथा प्राकृतिक प्रकोपमा समेत रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिन रेडियो नेपाललाई सार्वजनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने मा जोड दिए ।
मन्त्री कार्कीले भने, “प्राकृतिक प्रकोप होस् वा विपत्, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनेदेखि नयाँ संविधान निर्माण गर्नेसम्म, भूकम्पदेखि कोभिड सङ्क्रमणको रोकथाम, नियन्त्रण, सतर्कता र सजगताको सन्देश गरेर अतुलनीय योगदान गरेको छ ।”
उनले रेडियो नेपालका प्रतिस्पर्धीसँग खरो रुपमा उत्रनुपर्ने बाध्यतासँगै दूरदराजमा आफ्नो सेवाको पहुँच विस्तार गर्दै गाउँ र बस्तीका समस्या तथा सम्भावनालाई सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताए । अझै पनि देशको शत्प्रतिशत भू–भागमा रेडियो सुनाउन रेडियो नेपालले थप प्रसारण सेवा विस्तार गर्ने कार्यमा लाग्नुपर्ने उनको भनाइ छ ।
सञ्चार मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समिति अध्यक्ष डा बैकुण्ठ अर्यालले सूचना प्रविधिको विकाससँगै रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्याउने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
विसं २००७ चैत २० गते स्थापना भएको नेपालको अग्रणी प्रसारण संस्था रेडियो नेपाल आजदेखि ७१औँ वर्ष पूरा गरी ७२ वर्षमा प्रवेश गरेको छ । ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारा बोकेको रेडियो नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हिमाल पहाडदेखि तराई मधेस र इन्टरनेटका माध्यमबाट विदेशमा बस्नेका लागि भरपर्दो र विश्वसनीय प्रसारण सेवा प्रवाह गर्दै आएको छ ।
हाल रेडियो नेपालले २१ भाषाका समाचार र २० भाषाका कार्यक्रम प्रसारण गर्दै आएको छ । रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...
चैत्र २ गते, २०८२ - १४:५३
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...
चैत्र २ गते, २०८२ - १४:२५
सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...
चैत्र २ गते, २०८२ - १४:०६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...
चैत्र २ गते, २०८२ - १३:४३
कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...
चैत्र २ गते, २०८२ - १३:३०
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...
चैत्र २ गते, २०८२ - १३:१९
कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...
चैत्र २ गते, २०८२ - १३:०९
इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...
चैत्र २ गते, २०८२ - १२:५६
काठमाडौँ । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिगत उपलब्धि भन्दा पनि देशको जीत नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। मल्लले क्रिकेटबाट सिकेको ...


प्रतिकृया लेख्नुहोस्: