काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताएका छन्। रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उहाँले बन्दरगाह निर्यातको केन्द्रविन्दु बन्नुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आज उद्घाटनपछि आयोजित समारोहमा अर्थमन्त्री शर्माले खाद्य वस्तु र कृषिमा आधारित वस्तुहरु यही बन्दरगाहमार्फत आयात गर्नुभन्दा त्यसलाई घटाउँदै निर्यात गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए। उनले श्रम र प्राकृतिक स्रोतलाई पूँजीमा बदलेर आत्मनिर्भरतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। यसका लागि निजी क्षेत्र र सहकारीसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए ।
बन्दरगाह आज उद्घाटन भएसँगै सडकमार्फत सिधैँ समुद्रबाट काठमाडौँ जोडिएको र यसले व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ । मन्त्री शर्माले लागत र समयका दृष्टिकोणले थप उपलब्धि हासिल भएको स्पष्ट पारे ।
समारोहमा आयात निर्यातको तथ्याङ्क प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले फागुन मसान्तसम्म वैदेशिक आयात रु १३ खर्ब आठ अर्बको रहेको र यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको बताए। निर्याततर्फ आठ महिनामा रु एक खर्ब ४७ अर्बको निर्यात भएको जानकारी दिँदै उनले अघिल्लो वर्षको भन्दा केही सुधार भएको बताए।
उनले यसबाट कूल वैदेशिक व्यापारको हिस्सामा १० दशमलव ४१ प्रतिशत हुनु न्यून हो भने। कोभिड–१९ ले एउटा शिक्षा दिएको समयमा रुस र युक्रेनको युद्धले पनि नेपाली अर्थतन्त्रमा गहिरो रुपमा चुनौती थपिएको मन्त्री शर्माको भनाइ थियो । फागुन मसान्तसम्म रु नौ खर्ब ४० अर्बको सञ्चिति रहेको र यसले ६ महिनाका लागि माल वस्तुको खरिद गर्न सकिने अवस्थामा मुलुक रहेको उनले उल्लेख गरे। केही चुनौती आउन सक्छन् भनेर सतर्कता अपनाएको उनले बताए। रेमिट्यान्स चार प्रतिशत ऋणात्मक रहेकामा अहिले ३ प्रतिशत धनात्मकमा आएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: