Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भरतपुर महानगरपालिकाको प्रमुखमा सुवेदीको उम्मेदवारी

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
 
महानगर कमिटीको आज सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिए।
 
एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले सोही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने बताए । प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।
 
सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख (सचिव) भइसकेका छन् । हाल उन पार्टीको बागमती प्रदेश सचिव छन्। सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ी (ख) बाट बागमती प्रदेशसभा सदस्य छन् । 

उनी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री थिए । सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा छन् । उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्य प्रशंसनीय छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending