Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

हावाहुरीसहितको पानीले पाइपलाइनमा क्षति पुगेपछि खानेपानीको हाहाकार

रासस

म्याग्दी । गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ ।

दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति प¥याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिए । 

उनका अनुसार विद्युत् पोल र लाइनमा क्षति पुगेकाले मर्मत कार्य जटिल हुँदा तीन दिनदेखि गाउँमा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानी पिसानी गर्न र विद्यार्थीलाई नजिकिँदै गरेको एसइईलगायत विद्यालय तहका परीक्षाको तयारी गर्न समस्या उत्पन्न भएको छ ।

यसैगरी बेनी–२ बगरफाँटमा बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढीले मुहान र पाइपलाइन बगाएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । 

गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए ।  सो स्थानमा २१४ घरधुरी छ ।

विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । 

बगरफाँट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार पाइपलाइनको मर्मत कार्य भइरहेकोले अझै केही समय खानेपानीको समस्या हुने देखिएको छ । 

गाउँका पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायत पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खाने पानीको समस्या झेल्दै आएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा कांग्रेसका केरुङ विजयी

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन। आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्र...

जेनजी आन्दोलन- छानबिन आयोगले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आज प्रधानमन्त्री सुशीला ...

दार्चुलामा कांग्रेसलाई हराउँदै एमालेका ठगुन्ना विजयी

दार्चुला । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ५५ मतले पराजित गर्दै ठगुन्नाले तेस्रोप...

सर्लाही ३ मा नारायणकाजी श्रेष्ठ पराजित, रास्वपाका साह विजयी

सर्लाही । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह फराकिलो मतान्तरले विजयी भएका छ...

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका ...

रास्वपा सय सिटमा विजयी, अन्य दल कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मक...

सिन्धुपाल्चोक १ मा रास्वपाका भरत पराजुली विजयी

सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्।  पराजुलीले २४...

यी हुन् कांग्रेसले जितेका १४ सिट (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुम...

ओलीको अहंकारको मूल्य एमालेलाई भारी

काठमाडौं । बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा...

वडाध्यक्षमा पराजित जोशीको संसदीय यात्रा

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE