Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । 

नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे । यसरी धुरी र रूख चढ्नु उनीहरुको बाध्यता थियो । अब भने उपभोक्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख चढ्नु पर्दैन । 

नेपाल टेलिकमले धौलागिरि गाउँपालिका–५ मल्कबाङको धुरीमा टावर निर्माण गरेपछि फोन गर्न सहज भएको हो । टेलिकमले टुजी र थ्री जी सेवा एकसाथ सञ्चालनमा ल्याएको छ । 

“दुर्गम गाउँमा टेलिफोनका लागि निकै कठिन थियो, सूचना आदानप्रदान गर्न, आफन्तलाई खबर गर्न र सरकारी कामकाज गर्न र गराउन घण्टौँ पैदल यात्रा गरी सम्बन्धित ठाउँमा पुग्नु पथ्र्यो, तर अब सजिलो भएको छ,” स्थानीयवासी थम्मन थापाले भने। 

टावर स्थापनापछि धौलागिरि गाउँपालिका–५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगङ्गा गाउँपालिका–८ कुइने खानी तथा मालिका गाउँपालिका–७ बिमको अधिकांश भूभागमा सहजै मोबाइलमा कुरा गर्न सकिने भएको छ । 

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । 

टेलिकमले अहिले टुजीमार्फत भ्वाइस र थ्रीजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको छ । उनले भने, “दुर्गम स्थानमा कुराकानी गर्न सहज भएको छ, इन्टरनेटमा उनीहरुको पहुँच पुगेको छ ।” 

सबै बस्ती र भूभाग समेट्ने गरी टावर निर्माण गरिएको शर्माको भनाइ छ । 

नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरी मोबाइल सेवा पुनः सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । टेलिकमले उक्त टावरमार्फत फोरजी मोबाइल सेवा उपलब्ध गराउन काम अघि बढाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा कांग्रेसका केरुङ विजयी

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन। आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्र...

जेनजी आन्दोलन- छानबिन आयोगले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आज प्रधानमन्त्री सुशीला ...

दार्चुलामा कांग्रेसलाई हराउँदै एमालेका ठगुन्ना विजयी

दार्चुला । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ५५ मतले पराजित गर्दै ठगुन्नाले तेस्रोप...

सर्लाही ३ मा नारायणकाजी श्रेष्ठ पराजित, रास्वपाका साह विजयी

सर्लाही । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह फराकिलो मतान्तरले विजयी भएका छ...

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका ...

रास्वपा सय सिटमा विजयी, अन्य दल कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मक...

सिन्धुपाल्चोक १ मा रास्वपाका भरत पराजुली विजयी

सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्।  पराजुलीले २४...

यी हुन् कांग्रेसले जितेका १४ सिट (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुम...

ओलीको अहंकारको मूल्य एमालेलाई भारी

काठमाडौं । बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा...

वडाध्यक्षमा पराजित जोशीको संसदीय यात्रा

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE