Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

गठबन्धनप्रति ओलीको कटाक्ष : लक्ष्यविहीन 'अराजक' समूहको एजेण्डा छैन, हामीलाई कृत्रिम बैशाखी चाहिन्न

अर्थमन्त्रीको दबावमा भागबण्डाको ‘टेको’मा प्रधानमन्त्री उभिए

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका र सफलताको शुभकामना व्यक्त गरेका छन् ।

ओलीले शुभकाना दिँदै पाँच दलीय गठबन्धनको सरकारप्रति आक्रोस पोखेका छन्। ०७५ जेठ ३ गतेको एकीकरणपछि निस्क्रिय पारिएपछि नयाँ जोशका साथ पार्टी अगाडि बढिरहेको उल्लेख गरेका छन्। 

देशव्यापि रुपमा एमालेको पक्षमा अभुतपूर्व जनलहर देखिएको दाबी गरेका छन्। 

ओलीले शुभकामना सन्देशमा भनेका छन्, हामीले यो लहर र जनचाहनालाई हाम्रो पार्टीको सही नीति र हाम्रो नेतृत्वप्रति जनताको भरोसाको रुपमा लिएका छौं । नेतृत्वमा रहेका केही स्वार्थी तत्वले शुरु गरेको पार्टी र आन्दोलनलाई तहसनहस पार्ने प्रायोजित षडयन्त्रलाई जनस्तरबाट परास्त गर्न पार्टीका कार्यकर्ता, सदस्य, समर्थक र सशुभेच्छुकहरुले खेलेको सुझबुझपूर्ण भूमिका र दृढतालाई म फेरी एकपट सलाम गर्छु, उच्च प्रशंसा गर्दछु ।

निर्वाचनको बर्ष भएकाले गठबन्धनवालाहरु जे जति दाउपेच र षडयन्त्रमा पारङ्गत भए पनि चुनावबाट भाग्ने नसक्ने बताएका छन्। 

जनादेश नै यस्ता निकम्मा र राष्ट्रहित प्रतिकूल तत्वलाई परास्त र दण्डित गर्ने माध्यम हो । ‘ताजा जनादेश’ भन्ने शव्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन यस अराजक समूहका कुनै एजेण्डा छैनन्, कार्यक्रम छैनन् ओलीले भनेका छन्, यिनीहरुले  ‘राष्ट्रिय नीति तथा कार्यक्रम’को रुपमा विगतमा हाम्रो पहलमा भएका उपलब्धि र कामको ‘भण्डाफोर गर्ने’लाई अघि बढाएका छन् ।

पार्टीमाथि धावा बोलिएको क्षण, आम रुपमा पार्टी कमिटी निष्क्रिय तुल्याइएको बेला, आवश्यक परेको समयमा पार्टीको राजनीतिक नेतृत्वको अभाव रहेको अवस्थामा समेत पार्टी नीति तथा प्रतिवद्धता अनुरुप हाम्रो नेतृत्वमा रहेका स्थानीय तहबाट आधारभूत रुपमा प्रभावकारी काम भएको उल्लेख गरेका छन्। 

आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकीरहनु नपर्ने बताएका छन्। विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण र गर्न बाँकी र अनुभवबाट खारिएर समाजवादको आधार तयार गर्न हामीले आगमी दिनमा गर्ने कामका प्रतिवद्धता जनताको मन जित्ने हाम्रा आधार भएको दाबी गरेका छन्। 

आसन्न निर्वाचनमा प्रकट हुने जनादेश छली, स्वार्थी र जनहित विरोधी प्रतिगामी गठबन्धन कि ताजा जनादेश मार्फत् लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि शासन सञ्चालन गर्न चाहने हाम्रो पार्टीजस्तो अग्रगामी शक्ति, कसलाई छान्ने भन्नेजस्तो देशको भविश्य निर्धारण गर्ने गहन विषयको जनमत संग्रह हुनेछ ओलीको भनाइ छ। 

अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका आरोप लगाएका छन्। 

नयाँ वर्षको शुभकामना 

आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् बैशाख १ गते । यस दिनलाई हामी नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छौँ । यस सुखद् अवसरमा म, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।

विसंगति, वेथिति र अस्थिरताका पुराना दुषित खेलको फेरि पुनरावृत्ति भएको छ । वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ । व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशः आप्mनो स्वतन्त्र पहिचान गुमाउँदै छ ।

संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ । केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ ।

यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ । यस सन्दर्भमा विज्ञहरुद्वारा विभिन्न कोणबाट प्रस्तुत आंकडा दोहर्याउन आवश्यक ठान्दिनँ । सङ्क्षेपमाः

– हाम्रो नेतृत्वको सरकारले दुरुस्त छोडेको अर्थतन्त्र अहिले भत्किएको छ । तर गठबन्धनवालाहरुको ध्यान भने आर्थिक समस्या समाधानमा भन्दा आफ्नै स्वार्थसिद्धिमा केन्द्रित छ ।
– मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्वर भएको छ । मूल्य अनुगमन नगर्दा जथाभावी मुल्य वृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम जारी छ ।

– देशको आयात अनियन्त्रित ढंगले वढेको छ । मुलुकको समग्र वाह्य कारोवारको भुक्तानी असन्तुलन भयावह हुँदैछ । विदेशी मुद्रा संचितिमा पहिरो गइरहेको छ । चालू खाता घाटा र वैदेशिक व्यापार घाटा देशले धान्न मुस्किल हुने तहमा पुगिसकेको छ ।

– बैंकिङ प्रणालीवाट वाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन । तरलताको संकट भयावह हुँदैछ । सरकार यसको कारणको खोजीमा होइन, अरुमाथि दोष थोपरेर उम्कन खोजिरहेको छ ।

– गठबन्धन सत्तासीन भएदेखि नै सरकारी वित्त प्रणालीमा अनिश्चयता र अन्योल शुरु भयो । प्रदेशको वित्त स्थिति त्यस्तै निराशाजनक हुन पुग्यो ।

– सरकारी नीति संगतिपूर्ण छैनन् । सहि राजनीतिक नेतृत्वको अभावमा सरकारी सेवा प्रवाह गर्ने संस्थाहरु अस्तव्यस्त बनेका छन् । उल्टै चुनावी खर्च उठाउने

– जस्ता निहीत स्वार्थ अनुकूल कर्मचारीतन्त्र परिचालन गर्ने ध्याउन्नमा गठबन्धन सक्रिय देखिन्छ ।

– अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा पुगेको छ । गठबन्धन सरकार भूमाफिया, काला व्यापारी र तस्करहरुको चंगुल र कमिसनतन्त्रको जालोमा फसेको छ । सरकारकै संरक्षणमा हुण्डी फस्टाएको छ ।

– सरकारले साख गुमाएको छ । विकास साझेदारको विश्वास गुम्दैछ । सरकारमाथि व्यवसायिक क्षेत्रको विश्वास गुमेको छ । निजी क्षेत्र यो सरकारवाट निराश छ ।

– सरकारी निकायबीच नै समन्वय छैन । सम्पत्ति शुद्धीकरण निवारण गर्नुपर्ने सरकार उल्टो वाटोमा हिंड्दै छ ।

– यो गठबन्धन सत्तासीन भएदेखि अहिलेसम्म एउटा पनि नयाँ परियोजना शुरु भएको छैन । ‘मासिक १० प्रतिशतका दरले पूँजिगत खर्च गर्ने’ फुटानी लगाउने यो गठबन्धनले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ प्रतिशत भन्दा माथि खर्च गर्न सकेको छैन । यसरी अहिले, आर्थिक बृद्धि त परै जाओस्, देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने चिन्ता व्याप्त छ ।

– तर ‘सेटिङ्–सिद्धान्त’मा विश्वास गर्ने गठबन्धन सरकार विज्ञहरुको सुझाव र प्रतिपक्षी दलको खवरदारीलाई मनन गर्नुको साटो प्रतिवादमा उत्रिएको छ । तथ्याङ्कलाई तोडमोड गरी अर्थतन्त्र “दुरुस्त छ” भन्ने झुठा सूचना प्रवाह गरिरहेको छ ।

– अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन् । सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कार्वाही रहेको छ ।

प्रतिकुलताका वाबजुद वितेको बर्षमा हाम्रो पार्टी नेकपा (एमाले) पुनर्ताजगीका साथ अघि बढेको छ । गत असोजमा भएको विधान महाधिवेशन, त्यसपछि भएका वडा र पालिका अधिवेशन, दशौं राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनबाट झण्डै ४ लाख हाम्रा संगठनमा संगठित सदस्यहरुको नेतृत्वमा पार्टी गतिशीलताका साथ अघि बढिरहेको छ ।

०७५ जेठ ३ गतेको एकीकरणपछि निस्क्रिय पारिएको हाम्रो पार्टी पंक्ति नयाँ जोशका साथ अघि बढिरहेको छ । अहिले देशव्यापि रुपमा हाम्रो पार्टीको पक्षमा अभुतपूर्व जनलहर देखिएको छ । विभिन्न पार्टीमा रहेका दिदीबहिनी–दाजुभाइहरुको हाम्रो पार्टीमा प्रवेश गर्ने चाहना असाधारण छ ।

हामीले यो लहर र जनचाहनालाई हाम्रो पार्टीको सही नीति र हाम्रो नेतृत्वप्रति जनताको भरोसाको रुपमा लिएका छौं । नेतृत्वमा रहेका केही स्वार्थी तत्वले शुरु गरेको पार्टी र आन्दोलनलाई तहसनहस पार्ने प्रायोजित षडयन्त्रलाई जनस्तरबाट परास्त गर्न पार्टीका कार्यकर्ता, सदस्य, समर्थक र सशुभेच्छुकहरुले खेलेको सुझबुझपूर्ण भूमिका र दृढतालाई म फेरी एकपट सलाम गर्छु, उच्च प्रशंसा गर्दछु ।

यो वर्ष निर्वाचनको वर्ष हो । गठबन्धनवालाहरु जे जति दाउपेच र षडयन्त्रमा पारङ्गत भए पनि चुनावबाट भाग्ने ठाउँमा छैनन् । जनादेश नै यस्ता निकम्मा र राष्ट्रहित प्रतिकूल तत्वलाई परास्त र दण्डित गर्ने माध्यम हो । ‘ताजा जनादेश’ भन्ने शव्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन यस अराजक समूहका कुनै एजेण्डा छैनन्, कार्यक्रम छैनन् । यिनीहरुले  ‘राष्ट्रिय नीति तथा कार्यक्रम’को रुपमा विगतमा हाम्रो पहलमा भएका उपलब्धि र कामको ‘भण्डाफोर गर्ने’लाई अघि बढाएका छन् ।

पार्टीमाथि धावा बोलिएको क्षण, आम रुपमा पार्टी कमिटी निष्क्रिय तुल्याइएको बेला, आवश्यक परेको समयमा पार्टीको राजनीतिक नेतृत्वको अभाव रहेको अवस्थामा समेत पार्टी नीति तथा प्रतिवद्धता अनुरुप हाम्रो नेतृत्वमा रहेका स्थानीय तहबाट आधारभूत रुपमा प्रभावकारी काम भयो । हाम्रा लागि आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकीरहनु पर्दैन ।

विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण हुन् । गर्न बाँकी र अनुभवबाट खारिएर समाजवादको आधार तयार गर्न हामीले आगमी दिनमा गर्ने कामका प्रतिवद्धता जनताको मन जित्ने हाम्रा आधार हुन् । आसन्न निर्वाचनमा प्रकट हुने जनादेश छली, स्वार्थी र जनहित विरोधी प्रतिगामी गठबन्धन कि ताजा जनादेश मार्फत् लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि शासन सञ्चालन गर्न चाहने हाम्रो पार्टीजस्तो अग्रगामी शक्ति, कसलाई छान्ने भन्नेजस्तो देशको भविश्य निर्धारण गर्ने गहन विषयको जनमत संग्रह हुनेछ ।

अहिले पनि विभिन्न बहानामा हिजो स्थानीय तहको निर्वाचन रोक्ने अलोकतान्त्रिक र असंवैधानिक दुस्प्रयासमा असफल रहेका शक्तिहरु चुनाव रोक्ने प्रपञ्च रचिरहेका छन् । हामी खबरदारी गर्न चाहन्छौं, कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हो र यो किमार्थ स्वीकार्य हुन सक्दैन ।

नयाँ बर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु । विश्वास छ, मुलुक निर्माणको प्रथमिकताबाट विमूख ब्यक्ति र समूहहरुका निहीत स्वार्थद्वारा सिर्जना गरिएका अवरोधलाई छिचोल्न, राजनीतिक स्थिरता कायम गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरुको हामीलाई साथ सहयोग प्राप्त हुनेछ ।

नयाँ वर्ष सम्बत् २०७९ को पुनः हार्दिक शुभकामना ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending