Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस किन आउँदै छन् नेपाल ?

नेपालमा चारवटा मुख्य क्षेत्रहरूमा काम गर्ने योजना

खबरडबली संवाददाता

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससको आसन्न नेपाल भ्रमणमा सरकारले महामारीको पूर्वतयारी सहितका क्षेत्रमा उक्त निकायको सहयोग र समर्थन खोज्नुपर्ने विज्ञहरूले बताएका छन्।

बिहीवारबाट हुने डा. टेड्रोसको भ्रमणले जनस्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय निकायले नेपालप्रति राखेको शुभेच्छा र प्राथमिकता प्रकट गर्ने अधिकारीहरूको विश्वास छ।

डब्ल्यूएचओसँगको नेपालको सहकार्य लामो रहेको भन्दै विज्ञहरूले कोरोनाभाइरसको महामारीबाहेक अन्य जनस्वास्थ्यका क्षेत्रमा नेपालले भोगीरहेका चुनौतीहरू पनि अगाडि राखिनुपर्ने उल्लेख गरेका छन्।

नेपाल भ्रमणमा उनले सरकारका उच्च पदस्थ्य अधिकारीहरूलाई भेट्ने बाहेक खोप केन्द्रहरूको पनि प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम छ।

किन आउँदै छन् टेड्रोस?

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भारत हुँदै टेड्रोस नेपाल आउन लागका हुन्।

उनले भने, "हाम्रो स्वास्थ्यमन्त्रीको निम्तोमा यो भ्रमण हुन लागेको हो। विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको भ्रमणलाई हामीले महत्त्वका साथ हेरेका छौँ।"

भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले अघि बढाइरहेको भन्दै उनले त्यसमा विभिन्न उच्चस्तरीय भेटवार्ता र जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू रहेको उनले उल्लेख गरे।

नेपालमा रहँदा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने छन्।

त्यसबाहेक उनले स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट्ने कार्यक्रम रहेको छ।

टाईफोइड रोग विरुद्धको खोप अभियानको पनि उनले अवलोकन गर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

भारतमा परम्परागत औषधिसम्बन्धी डब्ल्यूएचको विश्वव्यापी केन्द्रको शिलान्यास समारोहमा सहभागी हुन आएका टेड्रोस त्यहाँबाट नेपाल आउन लागेका हुन्।

'महामारी व्यवस्थापनलाई प्राथमिकता'

कोरोनाभाइरसको महामारीको समयमा ट्रेड्रोसले खासगरी साना र कम विकसित देशहरूसम्म खोपको पहुँच पुर्‍याउन विकसित देशहरूले मद्दत गर्नुपर्ने आवाज उठाएका थिए।

उनले नेपालको दुर्गमा भेगमा खोप पुर्‍याउने काममा खटिएका स्वास्थ्यकर्मीको भिडिओलाई ट्विटरमार्फत सेयर गर्दै सबैको पहुँचमा खोप पुर्‍याउनुपर्ने धारणा समेत राखेका थिए।

भूतपूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती टेड्रोसको भ्रमण नेपालको स्वास्थ्य क्षेत्रलाई प्रोत्साहित गर्ने विषय भएको बताउँछन्।

उनले भने, "डा. टेड्रोस आउँदा कोभिडले सिकाएको महामारीको पूर्वतयारीको विषयमा हामीले प्राविधिक सहयोगहरू हामीले खोज्नुपर्छ। उहाँसम्म त्यो विषय पुर्‍याउनुपर्छ।"

त्यसमा सहमति जनाउँदै इपिडिमिओलोजि तथा सरुवा रोग महाशाखाका भूतपूर्व प्रमुख डा. बाबुराम मरासिनी भन्छन्, "कोरोना महामारिको समयमा हाम्रो स्वास्थ्य प्रणालीको क्षमता केही कमजोर देखियो। त्यसको सुधारका लागि हामीले सहयोग खोज्नुपर्छ।"

कोरोनाभाइरसको महामारीको समयमा डब्ल्यूएचओले नेपाललाई कोभ्याक्स र गाभीमार्फत खोपहरू प्राप्त गर्न सघाएको थियो भने महामारी उच्च विन्दुमा रहँदा नेपाललाई सहयोग गर्न अनुरोध समेत गरेको थियो।

इपिडिमिओलोजि तथा सरुवा रोग महाशाखाका अर्का भूतपूर्व प्रमुख डा. जीडी ठाकुर कोभिड-१९ नियन्त्रण र खोप कार्यक्रममा नेपालले हासिल गरिरहेका प्रगतिलाई थप प्रोत्साहित गर्न यो क्षेत्रको भ्रमण गर्दा टेड्रोसले काठमाण्डूलाई पनि गन्तव्य बनाएको बताउँछन्।

उनले थपे, "साँघुरो दृष्टिकोण राखेर खाली एउटै विषयमा मात्रै कुरा गरेर हुँदैन्। नेपाललाई कुन क्षेत्रमा के कुरा राख्दा फाइदा हुन्छ त्यो हेर्नुपर्छ।"

नसर्ने रोग नियन्त्रणमा थप सहयोगको खोजी

उप्रेती टेड्रोस आउँदा नेपालले घातक प्रकृतिका रोगहरूको उपचारमा डब्ल्यूएचओबाट थप सहयोग जुटाउन पैरवी गर्नुपर्ने बताउँछन्।

उनले भने, "अहिले भुसको आगो भएर भित्र भित्रै नसर्ने रोगहरूले कुल मृत्युको झन्डै ७० प्रतिशतसम्म निम्त्याइरहेका छन्।"

"मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग, मिर्गौला रोग, मधुमेह लगायतका बारेमा मुलुकले आफ्नो योजना बनाएको भएपनि त्यसलाई व्यवहारमा उतार्नका लागि प्राविधिक सहयोग लिने र केही वित्तीय सहयोगका लागि दातृ निकायहरूलाई समन्वयन गरिदिन अनुरोध गर्नुपर्छ।"

उनले सर्ने र नसर्ने रोगहरू र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा आफू सँगै सँगै काम गर्न तयार रहेको सन्देश नेपालले प्रवाह गर्नुपर्ने उनले उल्लेख गरे।

डा. ठाकुर डब्ल्यूएचओका प्रमुखको भ्रमणको निक्कै महत्त्व रहने भन्दै नेपालले त्यसको सदुपयोग गर्नुपर्ने ठान्छन्।

उनी भन्छन्, "उनीहरूले सहयोग गरिरहेका क्षेत्रमा निरन्तरता दिनुपर्ने कुरा राख्नुपर्छ भने नसर्ने रोगहरूको उपचारमा उनीहरूले कस्तो थप मद्दत गर्न सक्छन् जस्तो औषधि वा तालिम वा अन्य प्राविधिक सहयोग यसमा छलफल गर्नुपर्छ।"

डा. मरासिनी औषधिको प्रभावकारिता कमजोर भएका कारण क्षयरोगको उपचारमा केही समस्या देखा परिरहेको भन्दै त्यसमा पनि सहयोग खोजिनुपर्ने धारणा राख्छन्।

उनका अनुसार मल्टी ड्रग रेजिसटेन्स एमडीआर टिबी सर्ने जोखिम बढेको छ र त्यसको उपचार पनि खर्चिलो भएको छ।

त्यसबाहेक सङ्घीय प्रणालीमा गइसकेपछि नेपालका स्वास्थ्य निकायहरूको समन्वय र क्षमता दुवै कमजोर बनिरहेको भन्दै त्यसको हल गर्ने उपायबारे पनि छलफल गरिनुपर्ने डा. मरासिनीको सुझाव छ।

डब्ल्यूएचओको वेबसाइटका अनुसार उसले नेपालमा चारवटा मुख्य क्षेत्रहरूमा काम गर्ने गरेको छ।

त्यसमा नेपालको सङ्घीय संरचना अन्तर्गत आधारभूत स्वास्थ्य सेवाको विस्तार गर्ने, प्राथमिकतामा रहेका सार्वजनिक स्वास्थ्य कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न सघाउने, स्वास्थ्य सुरक्षा र विपद् प्रतिकार्यमा मद्दत गर्ने र नसर्ने रोग, वातावरण एवं जलवायु परिवर्तन सहितका क्षेत्र समेटिएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending