Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८२ आईतवार | 18th May, 2025 Sun
Investment bank

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

खबरडबली संवाददाता

लमजुङ । यहाँको दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश महिनापछि पुनः निर्माण अघि बढेको छ । गत असारदेखि रोकिएको सडक निर्माण वैशाख दोस्रो सातादेखि सुरु भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए। उनका अनुसार बारम्बार ताकेता गरी कारबाही प्रक्रिया समेत अघि बढाएपछि निर्माण व्यवसायीले काम थालेको हो । 

यतिबेला नाली बनाउने, ‘बेस’ हाल्ने र कालोपत्रका लागि क्रसरलाई कच्चा पदार्थ खोज्ने काम भइहेको पूर्वाधार कार्यालयका प्रमुख सिग्देलले जानकारी दिए। सरकारले एक पालिका एक सडक पु¥याउने अभियान अन्तर्गत यो सडक निर्माण सुरु गरिएको हो । यसअघि ठेकेदारले आर्थिकलगायतका कारण देखाएर काम अलपत्र पारेको थियो । 

यसवर्ष तीन किलोमिटर सडक कालोपत्र हुने पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । तीन किलोमिटर ‘स्ट्रक्चर’को काम भइसककोे छ । 

त्यस्तै, ग्राभेल, ग्याबिन वाल, मेसिनवालको काम सम्पन्न हुन बाँकी रहेको कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सकिएको छ । पाँच किलोमिटर नाला निर्माण भएको छ । 

सम्झौता अनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण देखाउँदै निर्माण ढिलाइ भएपछि पुनः विसं २०७९ पुस सम्म म्याद थप गरिएको थियो । थपिएको म्याद भित्र पनि निर्माण सम्पन्न नभएपछि विसं २०८० असार २९ सम्म सम्पन्न गर्न दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि पुनः मङ्सिर २८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप भएको हो  । उक्त अवधिमा पनि नसकिएको काम अहिले सुरु गरिएको कार्यालय प्रमुख सिग्देलले जानकारी दिए। 

सडक निर्माणको ठेक्का कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले लिएको थियो । विसं २०७७ असार ३ गते भएको सम्झौताअनुसार  प्रदेश सरकारको रु २६ करोड २९ लाख ६ हजार दुई सय २५ लागतमा सात दशमलव एक सय २१ किलोमिटर कालोपत्रको ठेक्का लागेको हो । 

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका-१ उदिपुरदेखि दोर्दी गाउँपालिका-४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको ‘अस्फाल्ट’ कालोपत्र हुनेछ । सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान र चार सेन्टिमिटरको कालोपत्र हुनेछ । विशेष गरी यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभापति देउवा र जनार्दन शर्मा बिच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।...

नाउपामा विवाद: संसदीय दलका नेतालाई कारबाही गर्न सांसदको पत्र

धनगढी। एउटा मन्त्री पठाउने विषयलाई लिएर विवाद बढेको नागरिक उन्मुक्ति पार्टीमा दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्न माग भएको छ।  सोही पार्टीका प्...

बैतडीबाट सुरु भयो माओवादीको मध्यपहाडी अभियान

सरकारले जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दियोः प्रचण्ड

सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

काठमाडौँ। आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि शुक्रबार सम...

सन्दीप लामिछाने व्यवसायिक हुन खोजेको हुन् : अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने व्यवसायिक हुन खोजेको र आफूलाई अर्को चरणमा लान खोजेको बताएका छन् । ...

गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरि इजरायली गोलाबारी: ५० को मृत्यु

गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ । “उत्तरी गाज...

नेपाल टी-२० विश्वकप छनोटको तेस्रो चरणमा

काठमाडौं। नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–...

गाजामा भोकमरी हेरिरहेका छौँ, हामी यसको ख्याल राख्छौँ: राष्ट्रपति ट्रम्प

काठमाडौँ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्र गाजामा मानिसहरू भोकमरीमा रहेको बताएका छन्। उनले शुक्रबार पत्रक...

कांग्रेस-एमालेसँग मिल्दा हामी झन् कमजोर हुने रहेछौँः प्रचण्ड

सरकार गभर्नर नियुक्तमा अनेक चलखेल र प्रपञ्चमा लागिरहेको छ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending