Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

अब दुर्गम रहेन म्याग्दीको पात्ले गाउँ

खबरडबली संवाददाता

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेका छन्। “यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छाँै”, उनले भने “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दङ्ग परेका छौँ ।” 

खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताए । आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य बस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताए। 

“पैदल हिडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्दथ्यो”, उहाँले भन्नुभयो “गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औलको छोटो बाटो प्रयोग गर्दा डेढ घण्टामा दरवाङ पुगिन्छ ।” 

एक सय घरधुरी रहेको पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडकले दुर्गम गाउँका बासिन्दालाई सुगमको अनुभव गराएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा पाँच वर्षअघि सडक यातायातको सुविधा थिएन् । 

मालिका–३ का वडा अध्यक्ष हेमबहादुर पुनले पाँच वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको केन्द्र जोड्ने मुख्यका साथै छिमेकी २ र ४ नम्बर वडासँग पनि सडक सम्बन्ध स्थापित भएको छ ।”

अदिभारा हुँदै औं लागाउँमा पुगेको सडकलाई आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकाले बिनियोजन गरेको रु ३५ लाख बजेटबाट डाडागाउँ–किटिनी हुँदै सोलेडाडासम्म विस्तार भएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा विनियोजन भएको रु २५ लाख बजेटले किटिनी हँुदै लुसीपार, आर्थिक वर्ष २०७६÷७६ मा रु ३० लाख बजेटबाट लुसीपार–पात्ले, २०७७÷०७८ मा रु ११ लाख बजेटबाट पात्लेबाट खापुक टोलमा सडक पु¥याइएको थियो । 

चालु आर्थिक वर्षमा रु ३५ लाख बजेटबाट पात्लेदेखि सोलीखोला हुँदै वडा नं २ को बेली गाउँलाई सडकले जोडिएको वडा अध्यक्ष पुनले बताए । पात्ले–बेली जोड्ने करिब पाँच किलोमिटर सडक निर्माण भएपछि गाउँपालिकाले परिकल्पना गरेको ‘मालिका चक्रपथ’को सबै मार्ग खुलेको छ । 

औल, इग्रे, खटेन, डाडागाउँ, किटिनी, लुप्सीपार, पात्ले र खापुक बस्ती भएको मालिका–३ मा ५०० घरधुरी छन् । औला र इग्रेमा यसअघि पुगेको सडकलाई स्तरोन्नति गरेर यातायात सञ्चालन गरिएको हो भने अन्य बस्तीमा नयाँ मार्ग खोलेर सडक पु¥याइएको हो । 

वडा अध्यक्ष पुनका अनुसार सबै बस्ती जोड्ने करिब २५ किलोमिटर सडक बनेको छ । वडाका सबै बस्तीमा केन्द्रिय लाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ । किटिनीमा वडाको पक्की भवन निर्माण अन्तिम चरणमा रहेको वडा अध्यक्ष पुनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending