गण्डकी। प्रदेश सरकारले आठ वर्षअघि प्रदेश गौरवका आयोजनाका रूपमा घोषणा गरेका कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोला औद्योगिक क्षेत्र अझै निर्माण चरणमा प्रवेश गर्न सकेका छैनन्। संघीय सरकारबाट जग्गा भोगाधिकारसम्बन्धी निर्णय नआउँदा दुवै आयोजना कागजमै सीमित बनेका हुन्।
प्रदेश सरकारले हरेक वर्ष नीति, कार्यक्रम र बजेटमा यी आयोजनालाई प्राथमिकताका साथ समेट्दै आएको भए पनि आवश्यक कानुनी प्रक्रिया टुंगिन नसक्दा निर्माण अघि बढ्न सकेको छैन।
निर्माणमा ढिलाइ हुनुको अर्को कारण वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन परिमार्जन पनि बनेको छ। प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका अनुसार वातावरणीय व्यवस्थापन योजनाअन्तर्गत काट्नुपर्ने रुखको संख्या फेरि यकिन गर्नुपर्ने भएपछि प्रतिवेदन संशोधनको प्रक्रिया अघि बढाइएको छ।
उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालका अनुसार तीन वर्षअघि गरिएको अध्ययन र अहिलेको अवस्थाबीच रुखको संख्यामा फरक देखिएपछि पुनः गणना गर्नुपरेको हो। पुराना रुख ढलेका, नयाँ बिरुवा हुर्किएका तथा वन क्षेत्रको अवस्थामै परिवर्तन आएकाले नयाँ तथ्यांक तयार पार्न लागिएको उनले बताए।
यसका लागि सम्बन्धित डिभिजन वन कार्यालयसँग समन्वय गरेर पुनः अध्ययन भइरहेको छ। संशोधित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएपछि मात्रै जग्गा भोगाधिकारको प्रक्रिया अगाडि बढ्ने मन्त्रालयको भनाइ छ।
दुवै प्रस्तावित औद्योगिक क्षेत्र सामुदायिक वनभित्र पर्ने भएकाले रुख कटानको विवरणसहितको प्रतिवेदन संघीय वन तथा वातावरण मन्त्रालयमा पठाइनेछ। मन्त्रालयले स्वीकृति दिएपछि संघीय मन्त्रिपरिषद्ले जग्गा भोगाधिकार दिने निर्णय गर्नेछ, त्यसपछि मात्रै निर्माण कार्य सुरु हुने अवस्था छ।
प्रदेश सरकारले पुँडीटार औद्योगिक क्षेत्रका लागि ५४ करोड रुपैयाँ र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि ७६ करोड रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ। आवश्यक जग्गाको नापजाँचसमेत पूरा भइसकेकाले अहिले संघीय सरकारको निर्णय नै मुख्य बाधा बनेको छ।
भोगाधिकार प्राप्त भएपछि पुँडीटारमा करिब ४ हजार ५०० रोपनी र लोकाहाखोलामा १४१ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण हुनेछ। पुँडीटार परियोजनाले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ लाई समेट्नेछ भने लोकाहाखोला औद्योगिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा निर्माण गर्ने योजना छ।
प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेका यी परियोजना आठ वर्षसम्म पनि कार्यान्वयनमा जान नसक्दा स्थानीयवासी र उद्योगी–व्यवसायीले चासो र असन्तुष्टि व्यक्त गर्न थालेका छन्। संघीय निर्णयमा भएको ढिलाइले प्रदेशका महत्त्वाकांक्षी औद्योगिक योजनाको भविष्य अझै अन्योलमै देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: