Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

खबरडबली संवाददाता
काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ । 
 
काठमाडाँैमा आज आयोजित एक कार्यक्रमकाबीच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरिएको हो । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सेफ टोलीलाई सम्मान गरेका थिए । 
 
सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए। “नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकले सुन्दर गन्तव्यकारुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना÷परिकारलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ”, उनले भने । सन्तोषसहित टिमका सहभागी अन्य सेफको आगमन र नेपाल भ्रमणलेसमेत नेपाली पकवान पर्यटनलाई थप टेवा पु¥याएको भन्दै उनीहरुलाई पनि बोर्डले सम्मान गरेको बताए । 
सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्वमञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको बताए। उनले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको धारणा राखे । सेफ साहले आफ्नो साथमा आएको टिमलाई पुनःनेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह गरे। 
 
यस्तै सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजले आफूहरु नेपाल घुम्न, यहाँको कलासंस्कृतिका बारेमा जान्न पाउँदा खुसी लागेको बताए । नेपाल साँच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिँदै उनीहरुले नेपाल सबैका लागि प्रिय देश रहेको बताए ।  
 
वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफको नेपाल भ्रमणले गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गरे। 
 
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक टुर कार्यक्रमका क्रममा सेफ सन्तोष शाहसहितको टोली अप्रिल ७ तारिखदेखि नेपाल भ्रमणमा रहेको छ । उक्त टोली नेपालका विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा संलग्न भएर काठमाडौँ फर्किएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending