Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

मधेस प्रदेशमा ३३ लाख बढी मतदाता, दुई हजार १६३ मतदानस्थल

खबरडबली संवाददाता

जनकपुर । मधेस प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ । प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोग नेपालले २०७९ साल  वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए।

निर्वाचन कार्यलयका अनुसार प्रदेशको धनुषामा पुरुष दुई लाख ४८ हजार ८४०, महिला दुई लाख १८ हजार ५४२ र अन्य छजनासहित कूल चार लाख ६७ हजार ३८८, महोत्तरीमा पुरुष दुई लाख १२ हजार २०३, महिला एक लाख ७९ हजार ३७३ र एकजना अन्य गरी जम्मा तीन लाख ९१ हजार ५७७ र सर्लाहीमा दुई लाख ५७ हजार १३८ पुरुष, दुई लाख १७ हजार २९२ महिला र अन्य नौ गरी कूल चार लाख ७४ हजार ४३९ मतदाता रहेका छन् । त्यसैगरी  सप्तरीमा दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजार ५३२ महिला र अन्य २१ गरी कूल चार लाख १२ हजार ४४५ र सिरहामा दुई लाख १९ हजार ५६४ पुरुष, एक लाख ९४ हजार ६०० महिला र अन्य दुई गरी जम्मा चार लाख १४ हजार १६६ कायम भएको छ । 

रौतहटमा पुरुष दुई लाख २२ हजार ९४५, महिला एक लाख ८५ हजार ४६, अन्य एकजना गरी जम्मा चार लाख सात हजार ९९२, बारामा दुई लाख ३१ हजार ८२६ पुरुष, एक लाख ९१ हजार ४९० महिला र ११ अन्यसहित कूल चार लाख २३ हजार ३२७ र पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ जना अन्यसहित कूल तीन लाख ३९ हजार ८३६ जना मतदाताले मतदान गर्न पाउने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए।

उनले  यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रदेशभरि दुई हजार १६३ मतदानस्थल कायम गरिएको छ भने चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले कायम गरिएको मतदानस्थल र केन्द्रअनुसार सप्तरीमा २९७ मतदानस्थल, ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल, ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल, ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल, ४९७ मतदान केन्द्र, सर्लाहीमा ३१८ मतदानस्थल, ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल, ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल, ५४१ मतदान केन्द्र र पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको जनाए ।

निर्वाचनका लागि निर्वाचन अधिकृतको तालिम सुरु भएको र आगामी ८ गतेदेखि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारीसमेत भइसकेको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending