काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपाले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्ति भएर कार्यरत रहेका तर न्याय सम्पादन गर्न असक्षम न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ ।
न्यायपालिकाको शुद्धीकरण र सुधारका लागि आफ्ना सुझाव सार्वजनिक गर्न जरुरी देखिएकाले पूर्वन्यायाधीश फोरमले कार्यसमितिद्वारा गठित अध्ययन अनुसन्धान समितिले तयार गरेको प्रारम्भिक सुझावमा न्याय सम्पादन गर्न असक्षम न्यायाधीशमाथि छानबिन गर्दै नियुक्तिमाथि नै छानबिन गर्न एक उच्चस्तरीय आयोग निर्माण गर्नुपर्ने उल्लेख छ ।
सुझावमा न्यायाधीश नियुक्तिको वर्तमान प्रक्रिया र पद्धति नै सबैभन्दा बढी विवादित विषय भएर आएकाले न्याय परिषद्को वर्तमान संरचनालाई संशोधन गरी प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्च अदालतका चार वरिष्ठ न्यायाधीशहरु सदस्य रहने संवैधानिक व्यवस्था गरिनु उपयुक्त हुने उल्लेख गरिएको छ ।
न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीश र अन्य सबै तहका अदालतको न्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था गरिनुपर्ने, प्रधानन्यायाधीशलगायत कुनै पनि न्यायाधीशको सम्बन्धमा पर्ने उजुरीलगायत विषयमा आवश्यक छानबिन गर्न न्याय परिषद्ले नै छानबिन समिति गठन गर्न सक्ने व्यवस्था गरी छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुने संवैधानिक व्यवस्था हुनुपर्ने सुझाव दिइएको छ ।
छानबिन समितिमा सर्वोच्च अदालत र उच्च अदालतका पूर्वन्यायाधीशमध्येबाट तीन, पूर्वमहान्यायाधिवक्ताबाट एक र वरिष्ठ अधिवक्ताहरुबाट एक रहने व्यवस्था हुनु उपयुक्त हुने उल्लेख छ । सुझावमा संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सदस्य रहने व्यवस्थालाई हटाइनुपर्ने र न्यायाधीशको नियुक्तिका सम्बन्धमा संसदीय सुनवाई हुने वर्तमान संवैधानिक व्यवस्था हटाइनुपर्ने उल्लेख छ ।
“सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा उच्च अदालतका मुख्य न्यायाधीश वा न्यायाधीशहरु मध्येबाट मात्र सिफारिस गरिनुपर्दछ”, उक्त सुझाव प्रतिवेदनमा भनिएको छ, “उच्च अदालतको न्यायाधीशबाट मात्र उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ति गरिने किटानी व्यवस्था गरिनुपर्दछ ।”
उच्च अदालत मातहतमा उच्च अदालतको इजलास रहने हालको व्यवस्था हटाई प्रत्येक प्रदेशमा आवश्यकतानुसार एकभन्दा बढी उच्च अदालत रहन सक्ने संवैधानिक व्यवस्था गरिनुपर्ने र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिँदा सेवाभित्रका न्यायाधीशलाई प्राथमिकता दिइनुपर्नेलगायत सुझाव प्रस्तुत गरिएको छ ।
पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले कानूनबमोजिम कार्य गर्ने संस्थाको नियुक्तिले निरन्तरता पाउनुपर्ने न्यायिक सिद्धान्तअनुसार काम गर्नुपर्ने र केही क्षमताविहीन व्यक्ति सर्वोच्च अदालत तथा उच्च अदालतमा नियुक्ति हुन पुगेको भन्ने व्यापक जनगुनासो आएकाले त्यस सम्बन्धमा छानबिन गर्नुपर्ने भएकाले अध्ययन गर्न जरुरी रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: