Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी

खबरडबली संवाददाता
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने जनताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० बिक्री खुला गर्ने भएको हो ।
 
कम्पनीले यही वैशाख १३ गतेदेखि आफ्नो जारी पुँजी ९रु एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४००० को १० प्रतिशतले हुने रु १० करोड ५४ लाख २६ हजार ४०० मूल्य बराबरका रु १०० अङ्कित दरका १० लाख ५४ हजार २६० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रमा पर्ने लमजुङको दोर्दी गाउँपालिकाका स्थायी बासिन्दाका लागि निष्काशन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।     
     
स्थानीयले यही वैशाख १३ गतेदेखि छिटोमा वैशाख २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।     
     
कम्पनीले हाल दोर्दी भएर बहने दोर्दी खोलाको पानी उपयोग गरी  १२ मेगावाट क्षमताको ‘दोर्दी १ जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सिद्धार्थ बैंकको बेंसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक तथा एनएमबी बैंकको बेंसीशहर शाखाबाट समेत शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।     
 
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी–आइआर बिबी माइनस’ रेटिङको प्रमाणपत्र प्रदान गरेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

सुदूरपश्चिम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। ...

तस्बिरमा हेर्नुहोस जनकपुरले एनपीएल उपाधि उचालेपछिको रौनक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाले...

दीपेन्द्रसिंह ऐरीलेले पाए कार पुरस्कार, ललित राजवंशीले मोटरसाइल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र...

प्रधानमन्त्री ओलीले दिए जनकपुर बोल्टसलाई बधाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । त्रिभुवन विश्वबिधालयमा आज सम्...

एनपीएलमा लाहिरुले बनाए रनमा कीर्तिमान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्। सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै ...

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भए...

कांग्रेस नेता महरलाई नेपाल जेसीजको मानार्थ सदस्यता प्रदान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजि...

जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधि, सुदुरपश्चिम उपबिजेता

काठमाडौं। जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधि हासिल गरे...

पावर प्लेमा जनकपुरको जादु

काठमाडौं। जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् । नेपाल प्रिमियर लिगकन्ह जारी फाईनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरल...

प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन

इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गरेको छन । युवावर्गको नेतृत्व र व्यक्तित्व व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy