काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेट संविधानको मर्मविपरीत रहेको विपक्षी दलहरूको आरोप अस्वीकार गरे। बजेटमा आर्थिक वृद्धि र समानतालाई सन्तुलित रूपमा अघि बढाउने नीति अवलम्बन गरिएको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकारले समन्यायिक समुन्नति र समृद्धिलाई मुख्य लक्ष्य बनाएर बजेट तर्जुमा गरेको उल्लेख गरे। बजेटमा ‘समाजवाद’ शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयास गरिएको उनले बताए।
सरकार जनतासँग गरेका प्रतिबद्धता र निर्वाचनमार्फत अनुमोदित एजेन्डाप्रति दृढ रहेको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकता तथा बजेटबीच उच्च स्तरको तालमेल रहेको दाबी गरे।
“पाँच वर्षका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले जनतासँग गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डा हो। त्यसप्रति पूर्ण रूपमा वफादार रहेर कार्यक्रमहरू अघि बढाएका छौँ,” उनले भने, “शासकीय सुधारका १०० वटा कार्यक्रम, नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकता तथा बजेटबीच अभूतपूर्व सङ्गति छ।”
नेपालको विगतको राजनीतिक अभ्यास वामपन्थी विचारबाट प्रभावित रहेको उल्लेख गर्दै उनले त्यसबाट प्रेरणा लिइए पनि बजेट संविधानविपरीत नभएको स्पष्ट पारे।
“संविधानको खिलाफमा बजेट आएको भन्ने आरोप पूर्ण रूपमा गलत हो। हामीले समतालाई केन्द्रबिन्दुमा राखेका छौँ। आर्थिक वृद्धिसँगै समतासहितको विकास, समन्यायिक समुन्नति र समृद्धिको अवधारणालाई अघि सारेका छौँ,” उनले भने।
उनले विपक्षी दलहरूलाई आफ्नो राजनीतिक एजेन्डाअनुसारको बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गर्ने अधिकार रहेको पनि बताए।
आरोप लगाउनेतर्फ संकेत गर्दै उनले उनीहरूका विषयमा पनि भविष्यमा तथ्यहरू सार्वजनिक हुने चेतावनी दिए।
“यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूमा पनि प्राप्त होस्। तपाईँका काण्डबारे हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्नेछन्,” वाग्लेले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: