काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ४१ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४१.७७ अङ्कले ओरालो लागेर दुई हजार ३४३.८७ अङ्कमा ओर्लिएको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८२ अङ्कले ओरालो लागेर ४४४.१५ मा सीमित भएको छ । कूल २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर रु एक अर्ब ५० करोड ६९ लाख दुई हजार ९५६ मूल्यमा खरिद बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब २४ अर्ब ८६ करोड ५५ लाख बराबर भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ १६.५४, व्यापार ११.७९, होटल तथा पर्यटन ४९.७१, जलविद्युत् ६९.१, जलविद्युत् ८०., निर्जीवन बीमा ३४२.३७, उत्पादन ९३.४४, अन्य ५२.५१, लघुवित्त ३६।२२, जीवन बीमा २६३।९६, सामूहिक लगानी कोष ०.११ र लगानी १.५७ अङ्कले ओरालो लाग्यो ।
कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड ९६ लाख २६ हजार ५५५ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु चार करोड ९२ लाख ३३ हजार ७६६, महालक्ष्मी विकास बैंक रु चार करोड ५० लाख ५२ हजार ८६२, नेपाल पूर्वाधार बैंक रु तीन करोड ७२ लाख ६ हजार ५०४ र सिद्धार्थ इन्स्योरेन्स रु तीन करोड ६८ लाख ३० हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । दिव्यश्वरी हाइड्रोपावर ७.९८, जाल्पा लघुवित्त ६.०९, सिटिजन म्युचुअल फण्ड १.९३ र कालिका लघुवित्तका लगानीकर्ताले १.३८ प्रतिशतले कमाए । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रकचर ८.३३, हिमालयन ऊर्जा विकास कम्पनी ७.५७, इमर्जिङ नेपाल ७।१०, ग्रीनलाइफ हाइड्रोपावर ६.०४ र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ५।९५ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...
जेष्ठ २८ गते, २०८३ - १५:२८
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...



प्रतिकृया लेख्नुहोस्: