Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रुकुमका १६ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप

खबरडबली संवाददाता

रुकुम । रुकुम (पूर्व) मा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । देशव्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

टाइफाइड विरुद्धको खोप लगाउने १५ महिनादेखि १५ वर्ष उमेर समूहका जिल्लाको लक्षित जनसङ्ख्या १७ हजार १७७ रहेको स्वास्थ्य कार्यालय रुकुम९पूर्व० का सूचना अधिकारी एवं ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिए । 

जिल्लामा लक्षित जनसङ्ख्याको ९६।६३ प्रतिशत बालबालिकाले खोप लगाएको सूचना अधिकारी गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा १५ देखि २३ महिनासम्मका ८६० बालबालिका र २ देखि १५ वर्ष उमेर समूहका १५ हजार ७३८ बालबालिकालाई खोप लगाइएको छ । 

पुथाउत्तरगङ्गा गाउँपालिकामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका लक्षित बालबालिकाको सङ्ख्या पाँच हजार ५९१ रहेकोमा त्याहाँ १०० दशमलव ५७ प्रतिशत अर्थात् पाँच हजार ६२६ बालबालिकालाई खोप लगाइएको छ । 

पुथामा लक्षित जनसङ्ख्याभन्दा बढीलाई खोप लगाइएको सूचना अधिकारी गिरीले बताए । भूमे गाउँपालिकामा पाँच हजार १५८ लक्षित खोप लगाउने बालबालिकाको सङ्ख्या भएकामा त्यहाँ ९५।०२ प्रतिशत अर्थात् चार हजार ९०१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

सिस्ने गाउँपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने लक्षित बालबालिकाको सङ्ख्या छ हजार ४२८ थियो । यहाँ ९४ दशमलव ४९ प्रतिशत अर्थात छ हजार ७४ लाई खोप लगाएको सूचना अधिकारी गिरीले बताए । 

जिल्लामा गएको चैत्र २५ गतेबाट २९ गतेसम्म खोप अभिययान सञ्चालन गरिएको तर अभियानमा सबैलाई समेट्न नसक्दा अहिले पनि स्वास्थ्य संस्थाबाट छुटेकालाई खोप लगाइरहेको उनको भनाइ छ । 

रुकुम (पूर्व) मा २९६ खोप केन्द्रबाट १५ महिनालेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending