रुकुम । रुकुम (पूर्व) मा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । देशव्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।
टाइफाइड विरुद्धको खोप लगाउने १५ महिनादेखि १५ वर्ष उमेर समूहका जिल्लाको लक्षित जनसङ्ख्या १७ हजार १७७ रहेको स्वास्थ्य कार्यालय रुकुम९पूर्व० का सूचना अधिकारी एवं ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिए ।
जिल्लामा लक्षित जनसङ्ख्याको ९६।६३ प्रतिशत बालबालिकाले खोप लगाएको सूचना अधिकारी गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा १५ देखि २३ महिनासम्मका ८६० बालबालिका र २ देखि १५ वर्ष उमेर समूहका १५ हजार ७३८ बालबालिकालाई खोप लगाइएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिकामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका लक्षित बालबालिकाको सङ्ख्या पाँच हजार ५९१ रहेकोमा त्याहाँ १०० दशमलव ५७ प्रतिशत अर्थात् पाँच हजार ६२६ बालबालिकालाई खोप लगाइएको छ ।
पुथामा लक्षित जनसङ्ख्याभन्दा बढीलाई खोप लगाइएको सूचना अधिकारी गिरीले बताए । भूमे गाउँपालिकामा पाँच हजार १५८ लक्षित खोप लगाउने बालबालिकाको सङ्ख्या भएकामा त्यहाँ ९५।०२ प्रतिशत अर्थात् चार हजार ९०१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
सिस्ने गाउँपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने लक्षित बालबालिकाको सङ्ख्या छ हजार ४२८ थियो । यहाँ ९४ दशमलव ४९ प्रतिशत अर्थात छ हजार ७४ लाई खोप लगाएको सूचना अधिकारी गिरीले बताए ।
जिल्लामा गएको चैत्र २५ गतेबाट २९ गतेसम्म खोप अभिययान सञ्चालन गरिएको तर अभियानमा सबैलाई समेट्न नसक्दा अहिले पनि स्वास्थ्य संस्थाबाट छुटेकालाई खोप लगाइरहेको उनको भनाइ छ ।
रुकुम (पूर्व) मा २९६ खोप केन्द्रबाट १५ महिनालेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: