Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

खबरडबली संवाददाता

काठमाडौँ । पेट्रोलियम पदार्थ  प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन ।

नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर चर्चामा मात्रै सीमित हुँदै आए पनि  विद्युतीय सवारीसाधनको उत्पादन र त्यसलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर देखाएको छ । नास्टले नमूनाका रूपमा तयार पारेको सो स्कुटर नेपालको बाटो र माटो सुहाउँदो रहेको जिकिर गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नाष्ट परिसरमा आज आयोजित समारोहमा उक्त विद्युतीय स्कुटर शुभारम्भ गरिन् । नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ ।

खासगरी रुस र युक्रेनबीचको लडाइँका कारण लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ । त्यसलाई रोक्न पनि विद्युतीय सवारीसाधनको प्रयोगमा बढावा दिनुपर्नेमा उनको जोड थियो ।

विद्युतीय सवारीसाधन उत्पादनका लागि अन्तर्राष्ट्रियरूपमा उपलब्ध प्रविधि नेपालमा ल्याउने कि नेपालमै नयाँ खोज गर्ने भन्नेबारेमा नास्टजस्ता संस्थाले अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन मन्त्री भुसालले आग्रह गरे।

विद्युत्को खपत वा भण्डारण गर्न सकिने वा नसकिने भन्नेबारेमा पनि उपयुक्त खोज गर्न आग्रह गर्दै उनले भने, “विद्युतीय सवारीसाधन नेपालमा नै ‘मेड इन’ गर्ने कि ‘मेक इन’ गर्ने भन्नेबारेमा पनि नास्टले उपयुक्त सुझाव दिनुपर्छ ।”

अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले विद्युतीय सवारीसाधनको प्रयोगमा बढावा दिन सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले यहाँ प्रयोग गरेर बढी भएको बिजुली, भारत तथा बङ्गलादेशमा पनि निर्यात गर्न सकिने र त्यसका लागि वातावरण बनेको बताउनुभयो ।

सहर तथा सहरोन्मुख क्षेत्रमा आफ्नै सवारीसाधन चलाउनेको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको छ । हरेक १५ दिनमा इण्डियन आयल कर्पोरेशनले पठाउने मूल्यसूची र त्यसैका आधारमा निगमले निर्धारण गर्ने मूल्यका आधारमा आफ्ना सवारीसाधन चलाउने हरेक नागरिकले थप खर्चको जोहो गर्नुपर्ने वातावरण बनेको छ ।

कोरोनाका कारण आर्थिक उपार्जनका क्षेत्र क्रमशः कमजोर बन्दै गएको तर इन्धनको लगातार मूल्यवृद्धि भइरहँदा त्यसले हरेक घरका लागि आर्थिक सङ्कटको समस्या निम्त्याउँदै आएको छ । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्न नागरिक बाध्य हुँदै गएका छन् । त्यसो त, सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिँदै आएकाले नागरिकले पनि यसप्रति चासो देखाउन थालेका तर  उपयुक्त स्थानमा चार्जिङ स्टेशन नहुनु र पेट्रोलियम पदार्थ प्रयोग भएजस्तै सवारीसाधन उपलब्ध नहुनाले पनि बाधा उत्पन्न गरिरहेको छ । 
हरेक सामान बिक्री गर्ने बजारमात्रै नेपाल भइरहेको सन्दर्भमा सरकारी तहबाटै विद्युतीय स्कुटरबारे अध्ययन गरेर नास्टले तार्किक निष्कर्षमा पु¥याएको उपकुलपति डा सुनिलबाबु श्रेष्ठले बताउनुभयो । नेपालका अधिकांश प्रतिष्ठानले प्रभावकारी काम गर्न नसकेको तथा खोजी अनुसन्धानमा नलागेको भन्ने गुनासोका बीचमा विद्युतीय स्कुुटर निर्माण गरेर नयाँ सन्देश दिइएको चर्चा गर्दै उहाँले व्यावसायिकरूपमा विद्युतीय स्कुटरको कारखाना नै स्थापना गरेर उत्पादन गर्न चाहनेलाई मार्गप्रशस्त गरिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा एकपटक चार्ज गर्दा एक हजार किलोमिटर गुड्ने विद्युतीय सवारीसाधन उपलब्ध भइसकेको छ । विद्युतीय सवारीसाधनको निर्माणमा चीन र भारत दुवै देशले ठूलो प्रगति गरिसकेका छन् । नेपालका सडकमा पनि विभिन्न नमूनाका विद्युतीय सवारीसाधन गुड्न थालिसकेका छन् ।

प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख एवं विद्युतीय स्कुटर निर्माण कार्यक्रमका प्रमुख डा रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो मोडलको स्कुटर विकास गरिएको र व्यावसायिक उत्पादनका लागि समेत यो स्कुटर योग्य छ । प्रतिष्ठानले हालै यसको प्रोटोटाइप ९नमूना० निर्माण गरेको हो । यस्तै प्रतिष्ठानले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के–कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा समेत सम्भाव्यता अध्ययन गरिरहेको छ ।

प्रतिष्ठानको परिसरमा नै विद्युतीय स्कुटरको प्रयोगशाला निर्माण गरिएको छ । हाल बनाइएको स्कुटरको नाम ‘सारथी’ राख्ने बारेमा तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । नेपालमै उत्पादनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ जनशक्तिसमेत तयार गरिएको छ । प्रतिष्ठानले आवश्यक अध्ययनसहित सात महिनामा परिणाम निकालेको हो । एउटा स्कुटर बनाउन प्रतिष्ठानले रु तीन लाखभन्दा बढी खर्च गरेको छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्ममा विद्युतीय स्कुटर उत्पादन गर्न सकिन्छ ।

नेपाल बजारमात्रै होइन, उत्पादनको थलो पनि बन्नुपर्छ भन्ने सोच राखेर आफूहरूले यसमा अध्ययन गरेको उल्लेख गर्नुहुँदै प्रमुख डा ढकालले विद्युतीय स्कुटर नेपालमै बनाउन सकिनेमा आफू आशावादी रहेको बताउनुभयो । प्रतिष्ठानले उहाँकै संयोजकत्वमा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्ने अध्ययन पनि गरेको थियो ।

भारतको अघोषित नाकाबन्दीको समयमा गरिएको सो अध्ययन अवस्था सामान्य भएपछि त्यत्तिकै हराएर गए पनि त्यो प्रविधिलाई थप विकास र विस्तार गर्न सकिने जानकारहरुको भनाइ थियो । स्कुटर निर्माणमा टिम लिडरका रूपमा प्रह्लाद गुप्ताले विशेष भूमिका निर्वाह गर्नुभएको छ ।

प्रतिष्ठानले हाल तयार पारेको स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । ब्याट्रीको क्षमता बढाउन सकिन्छ । हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्छ । प्रमुख डा  ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा थप किलोमिटर गुड्ने बनाउन सकिन्छ ।

विशेषगरी अधिकांश विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीकै समस्या देखिने गरेकाले नेपालमै लिड सेल ब्याट्रीको अनुसन्धान भइरहेको छ । प्रतिष्ठानले त्यसमा प्राविधिक तथा प्राज्ञिक सहयोग गरिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिन जताततै चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता छ । नेपाल विद्युत् प्राधिकरणले देशभर पहिलो चरणमा ५० चार्जिङ स्टेशन निर्माण गरिरहेको छ ।

यस्तै निजी क्षेत्रबाट हुण्डाइले ४० वटा चार्जिङ स्टेशन निर्माण गर्दैछ । पछिल्लोपटक सरकारले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनलाई विद्युतीय बनाउनका लागि कानुनी प्रबन्धसमेत गरिदिएको छ । यो काम गर्न पनि ढिलो भएको केहीको बुझाइ थियो ।

प्राधिकरणले विद्युतीय सवारीसाधनको चार्जिङका लागि विद्युत् महसुलमा कम गरेको छ । रातिको समयमा चार्ज गर्दा झनै सस्तो पर्न जान्छ । यद्यपि सबै स्थानमा चार्जिङ स्टेशन निर्माण हुनसकेको छैन । स्कुटर वा मोटरसाइकल भने घरमै पनि चार्ज गर्न सकिन्छ ।

काठमाडौँ उपत्यकामा निजी क्षेत्रले आफ्नै पहलमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता छ । प्राधिकरणले आन्तरिकरूपमा बिजुलीको खपत बढाउनका लागि विभिन्न योजना अगाडि सारेको भए पनि केही कानुनी जटिलताका कारण सोचेजति प्रगति हुनसकेको छैन ।

सरकार र उद्योगीले देशभित्रै विद्युतीय सवारीसाधन निर्माण र प्रयोगका सन्दर्भमा साझा दृष्टिकोण बनाएर काम  र नयाँ कामका लागि केही न केही जोखिम लिनैपर्ने प्रतिष्ठानका वरिष्ठ वैज्ञानिकसमेत रहनुभएका ढकालको भनाइ थियो ।

प्रतिष्ठानले मोबाइल एपबाटै मोटरसाइकल स्टार्ट गर्ने प्रविधिसमेत विकास गरेको छ । देशभित्र नै विद्युतीय सवारीसाधन निर्माण हुनसक्छ भन्ने आत्मविश्वास जगाउन पनि नास्टले यस खालको भूमिका निर्वाह गरेको गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...

अर्थमन्त्रीले करका दर हेरफेर गरी संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप – निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ब...

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

दाङ। रोल्पामा आज  बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...

अमेरिकाले प्रहार गरेको ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...

नक्कली सरकारी कार्यालय खडा गरी ठगी, बर्दियाबाट एक दम्पती पक्राउ

बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending