नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द सोनोवालले पुष्टि गरेको छन् । उक्त घटनाले भारतीय चालक दलको सुरक्षाबारे गम्भीर चिन्ता थपिएको छ ।
मन्त्री सोनोवालका अनुसार पलाउको झण्डा बोकेको एमटी सेटेबेलो नामक जहाजमा भएको आक्रमणपछि बेपत्ता भनिएका तीन भारतीय नाविकलाई पछि मृत अवस्थामा फेला पारिएको हो । उनले विज्ञप्तिमा उक्त घटनालाई अत्यन्त दुर्भाग्यपूर्ण र पीडादायी बताउँदै मृत्युको औपचारिक पुष्टि गरिएको जानकारी दिए।
भारतको विदेश मन्त्रालयले बुधबार उक्त जहाजमाथिको अमेरिकी आक्रमणपछि नयाँदिल्लीस्थित एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको छ । घटनाले कूटनीतिक स्तरमा पनि तनाव उत्पन्न गरेको छ । यो हप्ता मुख्यरूपमा भारतीय चालक दल रहेका व्यापारिक जहाजमा भएको यो दोस्रो अमेरिकी आक्रमण भएको बताइएको छ । यस अघि जुन ८ मा ओमान अधिकारीले पलाउ झण्डावाहक ट्याङ्कर एमटी मारिभेक्सबाट २४ जना भारतीय नाविकलाई सुरक्षितरूपमा एयरलिफ्ट गरेका थिए ।
सो घटनासम्बन्धी तस्बिरमा जहाजको पुल र आवास कक्षबाट बाक्लो कालो धुवाँ निस्किरहेको तथा चालक दलका सदस्यलाई हेलिकप्टरमार्फत उद्धार गरिएको देखिएको थियो । मन्त्री सोनोवालले सरकारले शोकाकुल परिवारसँग पूर्ण एकता प्रकट गरेको उल्लेख गर्दै कठिन घडीमा भारत सरकार पीडित परिवारसँग दृढरूपमा उभिएको बताए।
उनका अनुसार उद्धार गरिएका चालक दलका सदस्यलाई छिटो भारत फर्काउने तयारी भइरहेको छ भने मृतकका पार्थिव शरीरलाई पनि अन्तिम संस्कारका लागि यथाशीघ्र स्वदेश ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । घटनाले समुद्री मार्गमा व्यापारिक जहाज र चालक दलको सुरक्षा, विशेष गरी अन्तर्राष्ट्रिय सैन्य तनावबिच, अझ चुनौतीपूर्ण बन्दै गएको सङ्केत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...



प्रतिकृया लेख्नुहोस्: