Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

स्वास्थ्यमन्त्री खतिवडा र डब्लुएचओका महानिर्देशकबीच भेट

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टचार भेटवार्ता भएको छ । 

स्वास्थ्य मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताए । 

उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो । सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उहाँले बताए । 

“कोभिड–१९ को महामारीमा विश्वभरका मानिसको जीवन बचाउनका लागि यहाँको नेतृत्वदायी भूमिका, निर्णय र कार्यको कदर गर्दछौँ । यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ”, उनले भने, “जनस्वास्थ्य चुनौतीको सामना गर्न डब्लुएचओले आफ्नो स्थापनाकालदेखि नै सम्पूर्ण विश्वका लागि सहयोगी साझेदार रहिआएको छ । बिफरको उन्मूलन, इबोला खोपको विकास जस्ता थुप्रै जनस्वास्थ्य उपलब्धि हासिल गर्न डब्लुएचओले अग्रणी भूमिका खेलेको छ ।”

मन्त्री खतिवडाले कोभिड–१९ महामारीले मानव जीवनका सबै पक्षमा गम्भीर असर पारेको उल्लेख गर्दै स्वास्थ्य प्रणाली र अर्थतन्त्रका क्षेत्रमा परेको दुष्प्रभाव र त्यसबाट उत्पन्न हुने दुष्परिणामका अलावा हाम्रा अगाडि अरू धेरै चुनौती रहेको बताए। 

उहाँले स्वास्थ्य सङ्कटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका निम्ति डब्लुएचओको भूमिका अझै सुदृढ बनाइनुपर्ने आवश्यकता सबैलाई महशुस भएको भनाइ राखे । 

उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जीन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकामा डब्लुएचओप्रति आभार व्यक्त गरे। मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको खोप पु¥याउन डब्लुएचओले हामीलाई निरन्तर सहयोग प्रदान गरिरहेको उल्लेख गर्दै सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशतमा पूर्ण खोप पु¥याउने विश्वस्वास्थ्य सङ्गठनको लक्ष्य हासिल गर्ने पथमा नेपाल रहेको उल्लेख गरे। 

उनले नेपालमा सहकार्य केन्द्र स्थापना गर्नका लागि डब्लुएचओको साथ र सहयोग आवश्यक देखिएकाले यसको सुरुआत बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बालस्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न डब्लुएचओका महानिर्देशकसँग अनुरोध गरे । 

हेटौँडास्थित किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० क्षेत्रीय तालिम र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न उहाँले आग्रह गरे। भेटवार्तामा महानिर्देशक टेड्रोस बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न सहकार्य गर्नेबारे बताएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए। 

सचिव पोखरेलका अनुसार किटजन्य रोगको अध्ययन तथा तालिमकेन्द्रलाई स्तरोन्नतिमा सहयोग गर्नेसमेत उहाँले बताए। महानिर्देशक टेड्रोसले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा नेपाल सरकारले गरेको कामको उच्च प्रशंसा व्यक्त गर्दै धन्यवाद दिए। 

सचिव पोखरेलले डब्लुएचओको दोस्रो कार्यकालका लागि महानिर्देशक डा टेड्रोसलाई नै समर्थन गर्ने बताउनुभयो । भेटघाटमा मन्त्रालय र डब्लुएचओका उच्च अधिकारीको सहभागिता रहेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending