बोरोडीयानक । युक्रेनको राजधानी कीभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् ।
“ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने ।
देशका अन्य ठाउँहरूमा पनि यस्तैगरी शवहरू छरिएको र सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ ।
रुसले युक्रेनमाथि गत फेब्रअरी २३ मा आक्रमण गर्न थालेको हो । आक्रमणका कारण हजारौँको मृत्यु भएको, हजारौँ घाइते भएको र लाखौँ मानिस विस्थापित भएको दाबी गरिएको छ ।
त्यसैगरी धेरै भौतिक संरचनाहरूमा पनि क्षति भएको छ । साथै अन्तर्राष्ट्रिय बजार तथा राजनीतिमा समेत यसले नकारात्मक असर पारेको छ ।
संयुक्त राष्ट्रसङ्घलगायतका धेरै अन्तर्राष्ट्रिय समुदायले आक्रमणको विरोध गरेका छन् भने दर्जनौँ देशहरूले तत्काल आक्रमण रोक्न रुसलाई आग्रह गरेका छन् ।
आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ । आक्रमण भएको सुरुका केही दिनमा चरण चरणमा दुई पक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - ०९:२४
सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...
फाल्गुन १९ गते, २०८२ - ०९:२१
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...
फाल्गुन १९ गते, २०८२ - ०९:१६
काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...
फाल्गुन १९ गते, २०८२ - ०९:०१
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...
फाल्गुन १९ गते, २०८२ - ०८:१२
काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...
फाल्गुन १९ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...
फाल्गुन १९ गते, २०८२ - ०७:५०
गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...
फाल्गुन १९ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...
फाल्गुन १९ गते, २०८२ - ०७:३९
तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...
फाल्गुन १९ गते, २०८२ - ०७:३०
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...



प्रतिकृया लेख्नुहोस्: