काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकमा समृद्धि कायम गरी जनताको सुखको आकाँक्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको बताएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले माक्र्सवाद र लेलिनवादका आदर्शलाई त्यागेका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरी नयाँ दल स्थापना गरेको प्रष्ट पारे।
पुष्पलालले स्थापना गरेको पार्टीमा गलत प्रवृत्तिले नेतृत्व गर्दा पुष्पलालले बिद्रोह गरी पुनःकम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न नयाँ पार्टी स्थापना गरेको स्मरण गर्दै उनले अहिले आफूले पनि कम्युनिष्ट आदर्शलाई जगेर्ना गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको बताए । अध्यक्ष नेपालले पार्टीले स्थापनाको छोटो कार्यकालमा अहिले देशभर जिल्ला कार्यसमिति निर्माण गरिसकेको उल्लेख गर्दै स्थानीय तहका साथै अधिकांश वडामा सङ्गठन विस्तार भएको जानकारी दिए।
सो अवसरमा अध्यक्ष नेपालले राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा खेलाडी पिताम्बर तिम्सिनाको नेतृत्वमा १०० भन्दा धेरै कार्यकर्ता उक्त पार्टीमा प्रवेश गराए। पार्टीका उपमहासचिव डा विजय पौडेलले स्थानीय तह निर्वाचन लक्षित पार्टीको घोषणापत्रबारे जानकारी गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: