Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

कांग्रेसको अबको पाँच वर्ष : स्थानीय सरकारको मार्गचित्र

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय सरकारको स्वायत्तता र सवलीकरण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता, स्थानीय सरकारको पहिलो कार्यकालका अभ्यास, अनुभव र अवसरको कसीमा प्रभावकारी स्थानीय सरकारको अबको मार्गचित्र तय गर्ने जनाएको छ ।

कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणा पत्रमा संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकारको अधिकतम उपयोग गरी स्थानीय तहमा विकास गरी जनतालाई सुखी, स्वावलम्बी तथा सबल बनाउने योजना अघि बढाएको छ ।

कांग्रेसले समुन्नत नेपालको आधार नै गाउँ र नगरको समुन्नति भएको परिकल्पना गर्दै स्थानीय सरकारलाई अधिकार तथा साधनस्रोत सम्पन्न र प्रभावकारी बनाएर गाउँ र नगरको विकास र समुन्नतिको ठोस आधार तय गर्ने जनाएको छ ।

नागरिकको पहिचान, प्रगति र प्रतिष्ठालाई मजबुद बनाउने, जनतामुखी नीति अनुसरण गरी उत्तरदायी र जवाफदेही रूपमा सरकार सञ्चालन गर्ने, समुन्नत नेपालको राष्ट्रिय आकाङ्क्षा अनुरुप स्थानीय तहले समुन्नत गाउँ, समुन्नत नगरका नीति र कार्यक्रमको ठोस मार्गचित्र तय गरी कार्यान्वयन गर्ने कांग्रेसको योजना छ ।

कांग्रेसले परिकल्पना र प्रस्ताव गरेको मार्गचित्र अनुरुप स्थानीय सरकारले अबको पाँच वर्ष आफ्ना क्षेत्रगत नीति, योजना र कार्यक्रम अगाडि बढाउन नागरिकको स्वतन्त्रता र सम्मान संविधानले विस्तृत रुपमा राजनीतिक, सामाजिक–सांस्कृतिकलगायत अधिकारलाई अनुशरण गर्ने जनाएको छ ।

सबल स्थानीय सरकारका लागि असल शासन र जवाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत, कानुनी तथा संस्थागत क्षमता विकास, स्रोतको उचित व्यवस्थापन, समन्वय, सहकार्य र साझेदारी, सामाजिक रुपान्तरणको मूल अभियन्ता, प्रमाण, तथ्य र तथ्याङ्कका आधारमा बजेट, नीति र योजना तर्जुमा, सूचना प्रविधिको प्रयोग, नागरिक सम्बन्ध र जनसहभागिता, सिर्जनशील र जनमुखी नेतृत्व मूलभुत सिद्धान्त अनुसरण गर्ने कांग्रेसले जनाएको छ ।  

कांग्रेसले अबको दशकमा शिक्षा प्रणालीलाई व्यापक सुधार गर्दै सबैलाई गुणस्तरीय शिक्षा दिलाउने प्रमुख लक्ष्य राखी त्यसका लागि ‘रट्ने र घोक्ने’ खालको सिकाइ परम्परालाई निरुत्साहित गर्दै बालविकासदेखि माध्यमिक तहसम्मै  ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लाने जनाएको छ । विद्यालयमा उपस्थिति दर उत्साहजनक देखिए पनि ड्रप–आउट दर घटाउन र रिटेन्शन दर बढाउने नीति र कार्यक्रम अवलम्बन गर्दै जाने कांग्रेसले सङ्कल्प गरेको छ ।

कांग्रेसले गाउँगाउँमा स्वास्थ्य सेवा र जनशक्ति पु¥याउने, स्वास्थ्य बीमालगायत विगतमा विभिन्न कालखण्डमा आफ्नो सरकारले गरेका प्रयास र उपलब्धिलाई स्मरण गर्दै स्वास्थ्यसम्बन्धी नागरिक अधिकारलाई कार्यान्वयन गर्न जनता केन्द्रित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हुने खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवा उच्च प्राथमिकतामा रहनु पर्दछ भन्ने कांग्रेसको भनाइ छ ।

संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेका स्वास्थ्यको अधिकार कार्यान्वयन गर्दै निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्न कांग्रेसले सङ्कल्प गरेको छ । किसान कल्याण, सामूहिक प्रयासबाट प्राप्त हुने खाद्य तथा पोषण सुरक्षा, कृषि उद्यम तथा उद्योगको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र वातावरण तथा जैविक विवधताको संरक्षण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि, विविधिकरण, व्यावसायीकरण र औद्योगिकीकरणका माध्यमबाट किसानको आम्दानी वृद्धि, खाद्य तथा पोषण सुरक्षा र आत्मनिर्भर कृषि क्षेत्रलाई कांग्रेसको आफ्नो मार्गचित्र भनी उल्लेख गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending