Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कांग्रेसको अबको पाँच वर्ष : स्थानीय सरकारको मार्गचित्र

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय सरकारको स्वायत्तता र सवलीकरण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता, स्थानीय सरकारको पहिलो कार्यकालका अभ्यास, अनुभव र अवसरको कसीमा प्रभावकारी स्थानीय सरकारको अबको मार्गचित्र तय गर्ने जनाएको छ ।

कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणा पत्रमा संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकारको अधिकतम उपयोग गरी स्थानीय तहमा विकास गरी जनतालाई सुखी, स्वावलम्बी तथा सबल बनाउने योजना अघि बढाएको छ ।

कांग्रेसले समुन्नत नेपालको आधार नै गाउँ र नगरको समुन्नति भएको परिकल्पना गर्दै स्थानीय सरकारलाई अधिकार तथा साधनस्रोत सम्पन्न र प्रभावकारी बनाएर गाउँ र नगरको विकास र समुन्नतिको ठोस आधार तय गर्ने जनाएको छ ।

नागरिकको पहिचान, प्रगति र प्रतिष्ठालाई मजबुद बनाउने, जनतामुखी नीति अनुसरण गरी उत्तरदायी र जवाफदेही रूपमा सरकार सञ्चालन गर्ने, समुन्नत नेपालको राष्ट्रिय आकाङ्क्षा अनुरुप स्थानीय तहले समुन्नत गाउँ, समुन्नत नगरका नीति र कार्यक्रमको ठोस मार्गचित्र तय गरी कार्यान्वयन गर्ने कांग्रेसको योजना छ ।

कांग्रेसले परिकल्पना र प्रस्ताव गरेको मार्गचित्र अनुरुप स्थानीय सरकारले अबको पाँच वर्ष आफ्ना क्षेत्रगत नीति, योजना र कार्यक्रम अगाडि बढाउन नागरिकको स्वतन्त्रता र सम्मान संविधानले विस्तृत रुपमा राजनीतिक, सामाजिक–सांस्कृतिकलगायत अधिकारलाई अनुशरण गर्ने जनाएको छ ।

सबल स्थानीय सरकारका लागि असल शासन र जवाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत, कानुनी तथा संस्थागत क्षमता विकास, स्रोतको उचित व्यवस्थापन, समन्वय, सहकार्य र साझेदारी, सामाजिक रुपान्तरणको मूल अभियन्ता, प्रमाण, तथ्य र तथ्याङ्कका आधारमा बजेट, नीति र योजना तर्जुमा, सूचना प्रविधिको प्रयोग, नागरिक सम्बन्ध र जनसहभागिता, सिर्जनशील र जनमुखी नेतृत्व मूलभुत सिद्धान्त अनुसरण गर्ने कांग्रेसले जनाएको छ ।  

कांग्रेसले अबको दशकमा शिक्षा प्रणालीलाई व्यापक सुधार गर्दै सबैलाई गुणस्तरीय शिक्षा दिलाउने प्रमुख लक्ष्य राखी त्यसका लागि ‘रट्ने र घोक्ने’ खालको सिकाइ परम्परालाई निरुत्साहित गर्दै बालविकासदेखि माध्यमिक तहसम्मै  ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लाने जनाएको छ । विद्यालयमा उपस्थिति दर उत्साहजनक देखिए पनि ड्रप–आउट दर घटाउन र रिटेन्शन दर बढाउने नीति र कार्यक्रम अवलम्बन गर्दै जाने कांग्रेसले सङ्कल्प गरेको छ ।

कांग्रेसले गाउँगाउँमा स्वास्थ्य सेवा र जनशक्ति पु¥याउने, स्वास्थ्य बीमालगायत विगतमा विभिन्न कालखण्डमा आफ्नो सरकारले गरेका प्रयास र उपलब्धिलाई स्मरण गर्दै स्वास्थ्यसम्बन्धी नागरिक अधिकारलाई कार्यान्वयन गर्न जनता केन्द्रित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हुने खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवा उच्च प्राथमिकतामा रहनु पर्दछ भन्ने कांग्रेसको भनाइ छ ।

संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेका स्वास्थ्यको अधिकार कार्यान्वयन गर्दै निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्न कांग्रेसले सङ्कल्प गरेको छ । किसान कल्याण, सामूहिक प्रयासबाट प्राप्त हुने खाद्य तथा पोषण सुरक्षा, कृषि उद्यम तथा उद्योगको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र वातावरण तथा जैविक विवधताको संरक्षण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि, विविधिकरण, व्यावसायीकरण र औद्योगिकीकरणका माध्यमबाट किसानको आम्दानी वृद्धि, खाद्य तथा पोषण सुरक्षा र आत्मनिर्भर कृषि क्षेत्रलाई कांग्रेसको आफ्नो मार्गचित्र भनी उल्लेख गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending