काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन्।
्
प्रधानमन्त्री देउवाले १३३औँ श्रमिक दिवसको अवसरमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान पु¥याउने श्रमिकप्रति सम्मान व्यक्त गरेका छन्।
मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उहाँको धारणा छ ।
यस वर्ष नेपाल सरकारले ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मे दिवस मनाउँदै छ ।
नेपालको संविधानले सबैखाले शोषणको अन्त्य गर्ने र नागरिकलाई सम्मानयुक्त जीवनयापन गर्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । निष्कृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको सङ्गठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै उनीहरुको संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरे।
संविधानले निर्दिष्ट गरेको श्रमिकका अधिकारहरू निर्वाधरूपले उपयोग गर्न पाउने व्यवस्था गर्न श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, ट्रेड युनियन ऐन, बोनस ऐनजस्ता ऐन नियम पनि तर्जुमा भई लागू भएका छन् ।
देशमा हरेक वर्ष श्रम बजारमा आएका श्रम शक्तिलाई रोजगारी प्रदान गर्न, सीपमूलक तालिम प्रदान गर्न सरकारले पहल गर्दैै आएको उनले बताए।
श्रमिकका लागि सीपमूलक तालिम, व्यवहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने बताउँदै प्रधानमन्त्री देउवाले समुन्नत मुलुक बनाउने अभियानमा देशभरका श्रमिकहरूको योगदानको सम्मान गर्दै श्रमिक दिवसका अवसरमा आगामी दिनमा अझ सशक्तरूपमा अघि बढ्न सबैमा अनुरोध पनि गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: