अफगानिस्तान । तालिवानका सर्वोच्च नेता हिबतुल्लाह अखुनज्यादाले अन्तर्राष्ट्रिय समुदायसँग अफगानिस्तानको नयाँ ‘इस्लामिक एमिरेट’ शासनलाई मान्यता दिन पुनः आह्वान गरेका छन् । इद विदाअघि एक सन्देश जारी गर्दै अखुनज्यादाले यस्तो आग्रह गरेका हुन् । गतवर्ष अगष्टमा शासनमा फर्किएको तालिवान नेतृत्वको सरकारलाई हालसम्म कुनै पनि देशले मान्यता दिएका छैनन् ।
विश्व शान्ति र स्थायित्वमा अफगानिस्तानको आफ्नै भूमिका छ । यस अर्थले पनि विश्वले अफगानिस्तानको इस्लामिक एमिरेट सरकारलाई मान्यता दिनुपर्छ,’ लिखित सन्देशमा अखुनज्यादाले भनेका छन् । विश्व एक ‘सानो गाँउ’ बनेको उल्लेख गर्दै अखुनज्यादाले कुटनीतिक सम्बन्ध पुनःस्थापित भएमा देशको समस्या समधान गर्न सहयोग पुग्ने बताए । यसअघि जनवरीमा अफगानिस्तानका कार्यबाहक प्रधानमन्त्री हसन अखुन्डले पनि अन्तर्राष्ट्रिय समुदायसँग ‘इस्लामिक एमिरेट’ लाई औपचारिक मान्यता दिन आह्वान गरेको थियो । कुनै पनि देशसँग औपचारिक सम्बन्ध नभएका कारण तालिवान सरकार अहिले कुटनीतिक एकाङ्कीपन भोगिरहेको छ ।
अधिकांश अन्तर्राष्ट्रिय समुदायहरु मानवीय सहयोग र तालिवान सरकारको मान्यतालाई महिला अधिकारको पुनारोत्थानसँग जोड्न चाहन्छन् । तर तालिवान सत्तामा आएयता दशौं हजार महिलाले सरकारी काम गुमाइसकेका छन् । उनीहरुलाई देशबाट बाहिरिन पनि बन्देज लगाइएको छ । देशभित्र एक सहरबाट अर्को सहरमा जानको लागि पुरुष नातेदार साथमा हुनुपर्ने पुरानो व्यवस्था फर्काइएको छ ।
तालिवानले सत्तामा फर्किएको भोलिपल्ट महिला अधिकार र मिडिया स्वतन्त्रताको प्रतिवद्धता जनाएको थियो । तर समूहले पछिल्लो समय महिलाहरुलाई कठोर कानुन लागू गरिरहेको छ । अखुनज्यादाले माध्यामिक शिक्षा महिलाहरुका लागि खुलाउने र सरकारमा पनि समावेश गर्नेजस्ता अन्तर्राष्ट्रिय मागको उल्लेख नगरी कुनैपनि माग ‘इस्लामिक एमिरेट’ स्वीकारोक्ति पछि मात्र कार्यन्वयन गर्न सकिने बताए ।
पछिल्लो समय अमेरिकालगायत पश्चिमी राष्ट्रले अफगानी बैंकका विदेशमा रहेका अर्बौ डलर फ्रिज गरिदिएपछि अफगानिस्तानले कठिनाई भोगिरहेको छ । अनुदानमा आश्रित रहेको अफगानिस्तानले पाइरहेको सहयोग पनि रोकिएको छ । परिणामस्वरुप झण्डै ९० प्रतिशत अफगान नागरिक अहिले खाद्य असुरक्षासँग जुधिरहेका छन् ।
तालिवानका सर्वोच्च नेता अखुनज्यादा अफगानिस्तानको पूर्वी सहर कान्दाहारमा बस्छन् । उमेरले ७० को दशकमा हिँिडरहेका मानिने अखुनज्यादा सन् २०१६ मा तालिवानको आध्यात्मिक नेता चुनिएका थिए । उनी अघि तालिवानका सस्थापक नेता मुल्लाह अख्तर मनसुर पार्टीको धार्मिक नेता थिए । तर मनसुर अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि उनको स्थानमा अखुनज्यादा चुनिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: