अफगानिस्तान । तालिवानका सर्वोच्च नेता हिबतुल्लाह अखुनज्यादाले अन्तर्राष्ट्रिय समुदायसँग अफगानिस्तानको नयाँ ‘इस्लामिक एमिरेट’ शासनलाई मान्यता दिन पुनः आह्वान गरेका छन् । इद विदाअघि एक सन्देश जारी गर्दै अखुनज्यादाले यस्तो आग्रह गरेका हुन् । गतवर्ष अगष्टमा शासनमा फर्किएको तालिवान नेतृत्वको सरकारलाई हालसम्म कुनै पनि देशले मान्यता दिएका छैनन् ।
विश्व शान्ति र स्थायित्वमा अफगानिस्तानको आफ्नै भूमिका छ । यस अर्थले पनि विश्वले अफगानिस्तानको इस्लामिक एमिरेट सरकारलाई मान्यता दिनुपर्छ,’ लिखित सन्देशमा अखुनज्यादाले भनेका छन् । विश्व एक ‘सानो गाँउ’ बनेको उल्लेख गर्दै अखुनज्यादाले कुटनीतिक सम्बन्ध पुनःस्थापित भएमा देशको समस्या समधान गर्न सहयोग पुग्ने बताए । यसअघि जनवरीमा अफगानिस्तानका कार्यबाहक प्रधानमन्त्री हसन अखुन्डले पनि अन्तर्राष्ट्रिय समुदायसँग ‘इस्लामिक एमिरेट’ लाई औपचारिक मान्यता दिन आह्वान गरेको थियो । कुनै पनि देशसँग औपचारिक सम्बन्ध नभएका कारण तालिवान सरकार अहिले कुटनीतिक एकाङ्कीपन भोगिरहेको छ ।
अधिकांश अन्तर्राष्ट्रिय समुदायहरु मानवीय सहयोग र तालिवान सरकारको मान्यतालाई महिला अधिकारको पुनारोत्थानसँग जोड्न चाहन्छन् । तर तालिवान सत्तामा आएयता दशौं हजार महिलाले सरकारी काम गुमाइसकेका छन् । उनीहरुलाई देशबाट बाहिरिन पनि बन्देज लगाइएको छ । देशभित्र एक सहरबाट अर्को सहरमा जानको लागि पुरुष नातेदार साथमा हुनुपर्ने पुरानो व्यवस्था फर्काइएको छ ।
तालिवानले सत्तामा फर्किएको भोलिपल्ट महिला अधिकार र मिडिया स्वतन्त्रताको प्रतिवद्धता जनाएको थियो । तर समूहले पछिल्लो समय महिलाहरुलाई कठोर कानुन लागू गरिरहेको छ । अखुनज्यादाले माध्यामिक शिक्षा महिलाहरुका लागि खुलाउने र सरकारमा पनि समावेश गर्नेजस्ता अन्तर्राष्ट्रिय मागको उल्लेख नगरी कुनैपनि माग ‘इस्लामिक एमिरेट’ स्वीकारोक्ति पछि मात्र कार्यन्वयन गर्न सकिने बताए ।
पछिल्लो समय अमेरिकालगायत पश्चिमी राष्ट्रले अफगानी बैंकका विदेशमा रहेका अर्बौ डलर फ्रिज गरिदिएपछि अफगानिस्तानले कठिनाई भोगिरहेको छ । अनुदानमा आश्रित रहेको अफगानिस्तानले पाइरहेको सहयोग पनि रोकिएको छ । परिणामस्वरुप झण्डै ९० प्रतिशत अफगान नागरिक अहिले खाद्य असुरक्षासँग जुधिरहेका छन् ।
तालिवानका सर्वोच्च नेता अखुनज्यादा अफगानिस्तानको पूर्वी सहर कान्दाहारमा बस्छन् । उमेरले ७० को दशकमा हिँिडरहेका मानिने अखुनज्यादा सन् २०१६ मा तालिवानको आध्यात्मिक नेता चुनिएका थिए । उनी अघि तालिवानका सस्थापक नेता मुल्लाह अख्तर मनसुर पार्टीको धार्मिक नेता थिए । तर मनसुर अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि उनको स्थानमा अखुनज्यादा चुनिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: