Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

धनुषाका मतदाता भन्छन्, ‘दुःखकष्ट बुझ्ने विकासप्रेमीलाई मात्र मत दिन्छौँ’

खबरडबली संवाददाता

धनुषा । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन् । निर्वाचनका लागि मत माग्न यतिबेला विभिन्न दलका उम्मेदवार मतदाताको घरघरमा व्यस्त छन् । 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,  नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका उम्मेदवार जसरी पनि आफ्नो जीत सुनिश्चित गर्न घरदैलो अभियानमा छन् । धनुषाको शहरी तथा ग्रामीण क्षेत्रका चिया पसल, चौतारा, पान पसललगायत सार्वजनिक ठाँउमा चुनावी चर्चाले तीव्रता पाएको छ । राजनीतिमा लामो समय योगदान गरेकादेखि युवापुस्ताका उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्न पुग्दा मतदाताले भने गाउँमा बाटोघाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने र समाजमा योगदान पु¥याउँदै आएकालाई यस वर्ष मत दिने बताउन थालेका छन् । 

धनुषाको औरही गाउँपालिका मतदाता सीमित स्वार्थका लागि उम्मेदवार बनेकोभन्दा राजनीतिमा सक्रिय रहेर समाजका लागि योगदान गरेका उम्मेदवार आफ्नो रोजाइमा पर्ने बताउँछन् । विकास र समृद्धिमा पछि परेको धनुषाको औरहीका मतदाता अब विकास र समृद्धि चाहेकाले यसलाई मूर्तरुप दिनसक्ने सक्षम व्यक्तिलाई जिताउने स्थानीय मतदाताको भनाइ छ । कुन उम्मेदवारलाई जिताउने भनेर मतदाताले गम्भीर भएर सोच्नुपर्ने औरही गाउँपालिकाका–५ का जगदीश साह बताउछन् । 

“विकास प्रेमी नेतालाई जिताउनुर्छ”, उहाँले भन्नुभयो, “तब मात्र गाउँमा विकास र सुशासन कायम हुन्छ ।” मत लिने बेला ठूलाठूला प्रतिबद्धता गर्ने र जितेर गएपछि ती सबै प्रतिबद्धता बिर्सिनेबाट सचेत हुनुपर्ने उहाँको भनाइ छ ।   

औरही गाउँपालिकाका मखन सदा यसपाली सचेत मतदान गर्ने बताउछन् । गाउँको विकास गर्न सक्षम उम्मेदवारलाई जिताउने उनको मनसाय छ । “राजनीतिक आस्थाको भरमा  मात्र नभएर गाउँको विकास गर्ने व्यक्ति हामीले छान्छौँ”, औरही गाउँपालिका–३ का सरोज साहले भने, “व्यक्तिगत स्वार्थका लागि उम्मेदवार बनेकाले जनताको सपना पूरा गर्न सक्दैनन्, समाजसेवा गर्न सक्नेलाई मत दिन्छु ।” 

गाउँमै दुःखकष्ट गरेका र गरिब किसानका मर्का बुझ्ने उम्मदवार आफूहरुको रोजाइमा पर्ने साहले बताए । अठार स्थानीय तह रहेको धनुषामा चार लाख ६७ हजार ३८८ मतदाता  छन् । निर्वाचनमा भाग लिन धनुषामा ३२ राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृत्रिम अभाव हुन नदिन बजार अनुगमन

बागलुङ। सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्त...

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा, शान्तिपूर्ण निर्वाचनप्रति धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज बिहान पशुपतिनाथ मन्दिर मा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार शान्त...

आउँदो हप्ताभित्र नयाँ सरकार बन्छ, मैले विश्राम लिने समय आएको छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन हुन सक्ने बताएका छन्। नेपाल नागरिक लगानी कोष को वार्षिक उत्सवका अवसरमा आज आय...

कृत्रिम अभाव रोक्न पेट्रोल पम्प र ग्यास डिपोमा अनुगमन

बागलुङ। ग्यास  र पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले आयल निगमको सहकार्यमा बजार ग्यास डिपो र पेट्रोल पम...

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: