सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने भएको छ ।
जिल्लाको शारदा नगरपालिका र सल्यानमा सञ्चालित विभिन्न यातायात व्यवसायीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार बसपार्क बाहेक अन्य स्थानबाट यात्रुबाहक सबारीसाधन सञ्चालन गरेको वा त्यस्तो कार्यलाई प्रोत्साहन गरेमा सम्बन्धित सवारीसाधनलाई दुई हजार रुपियाँ जरिवाना गरिनेछ ।
त्यस्तै बसपार्क बाहेक अन्य क्षेत्रमा अव्यवस्थित रूपमा पार्किङ गरेको पाइएमा दुई हजार ५०० रुपियाँ जरिवाना असुल गरिनेछ ।श्रीनगर क्षेत्रभित्र सञ्चालन हुने बस, अटो रिक्सा तथा साना भ्यान जस्ता सम्पूर्ण यात्रुबाहक सवारीसाधन अनिवार्य रूपमा आधुनिक बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उक्त निर्णय यही चैत ५ गतेदेखि लागू हुने नगरपालिकाले जनाएको छ ।सम्बन्धित यातायात व्यवसायी तथा प्रालिहरूले सो निर्णयको कार्यान्वयनमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बसपार्क भित्र सबारीसाधन प्रवेश तथा पार्किङका लागि शुल्क पनि निर्धारण गरिएको छ ।जस अनुसार यात्रुबाहक बसका लागि १५०, जिप तथा भ्यानका लागि १०० र अटो रिक्साका लागि ३० रुपियाँ शुल्क तोकिएको छ ।
दाङ, नेपालगन्ज, रुकुम र काठमाडौँबाट आउने सवारीसाधनले तिरेको गेटपास शुल्कको रसिद एकोहोरो रुटका लागि २४ घण्टासम्म मान्य रहने व्यवस्था गरिएको छ ।शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले श्रीनगरको बसपार्कलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
उनले बसपार्क जिल्लाको गौरवको आयोजना भएकाले यसको निर्माणसँगै प्रभावकारी सञ्चालनमा जोड दिनुपर्ने धारणा राखे ।बसपार्कको व्यवस्थापनमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै सल्यानरुकुम यातायात प्रालिका अध्यक्ष अरबिन्दकुमार राईले आफूहरू यसप्रति प्रतिबद्ध रहेको बताए ।
उनले व्यवसायीको पेशागत सुरक्षा र यात्रुमैत्री वातावरण निर्माणका लागि सहकार्य गर्न तयार रहेको पनि उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्ण केसीले बसपार्क भित्रबाट सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गराउन नियमित अनुगमन गरिने जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...
बैशाख ३ गते, २०८३ - १५:०८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...
बैशाख ३ गते, २०८३ - १४:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको सं...


प्रतिकृया लेख्नुहोस्: