Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

सर्वसाधारणको उद्धार नसकिँदै मारिऊपोलको स्टिल उद्योगमा रुसी आक्रमण

दक्षिणी बन्दरगाह सहरमा रुसले यसअघि पनि गरेको थियो हप्तौँसम्म तीव्र बमबारी

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुन: हमलाहरू थालेको बताएका छन्।

न्याश्नल गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा "सबै किसिमका अस्त्रहरूले" आक्रमण गरिएको बताएका हुन्।

आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए।

तर कमाण्डरका अनुसार "स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरू" रहेका छन्।

युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किए लगत्तै उक्त उद्योगमा रुसले पुन: बमबारी थालेको बताएका हुन्।

दक्षिणी बन्दरगाह सहरमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो।

सोमवार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिन्छ जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन्।

स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह सोमवार युक्रेन नियन्त्रित जापोरिझिया सहरमा पुग्ने ठानिएको थियो। तर उक्त सहरमा रहेकी बीबीसीकी लोरा विकरका अनुसार उद्धार प्रयासमा ढिलाइ भएको थियो।

के कारण ढिलाइ भएको भन्ने स्पष्ट नरहेको बताइएको छ। गाडीका लस्करहरू जाने क्रम मै रहे पनि ती बसहरूले सयौँ माइलको दूरी पार गर्नुपर्नेछ र केही भागमा सडक कच्ची छ। ती बसहरूले बाटोमा थुप्रै रुसी जाँचचौकी पार गर्नुपर्नेछ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रसले सर्वसाधारणलाई उद्धार गरेर अन्यत्र लानका लागि सहायता गरेका थिए।

रुसले उद्धार गरिएका केहीलाई मस्को समर्थित पृथकतावादीले नियन्त्रणमा राखेको गाउँमा पुर्‍याइएको जनाएको छ। तर सरकारी सञ्चारमाध्यमले भने उनीहरूले चाहेमा युक्रेनको भूभागमा यात्रा गर्नसक्ने जनाएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब १०० सय जना जापोरिझिया सहरतर्फ गइरहेको भन्ने समाचारको स्वागत गरेका थिए। मारिऊपोलबाट १४० माइल उत्तर-पश्चिममा उक्त सहर रहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE