सुर्खेत । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।
सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो ।
ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।
त्यस्तै, साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए ।
साउन १७ गते साउन शुक्ल पञ्चमी (नाग पञ्चमी), भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते शुक्ल (कोजाग्रत) पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) प्रदेशभर बिदा दिइने सचिव भुसालले बताए।
उनका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ । यस दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - ०९:३२
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई "हत्या गर्ने दोस्रो प्रयास" भएको तर उनी सुरक्षित रहेको अमे...
भाद्र ३१ गते, २०८१ - ०९:२६
लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले...
भाद्र ३१ गते, २०८१ - ०९:२१
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । ...
भाद्र ३१ गते, २०८१ - ०९:०६
बारा । बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्। गएराति १२ बजे काँकडभिट्टादेख...
भाद्र ३१ गते, २०८१ - ०९:०२
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे खेल सुरू हुनेछ। ल...
भाद्र ३१ गते, २०८१ - ०८:५१
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव ...
भाद्र ३१ गते, २०८१ - ०८:४४
काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा १२ बजेर १५ मिनेटमा बस्नेगरी सभामुखले बैठक...
भाद्र ३१ गते, २०८१ - ०७:५१
काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ। सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। चितवनको इच्छाकामना गाउँपालिका–...
भाद्र ३१ गते, २०८१ - ०७:४४
काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ। आइतबार दिउँसो २...
भाद्र ३१ गते, २०८१ - ०७:३६
काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिव...
प्रतिकृया लेख्नुहोस्: